काठमाडौँ, पुस ७ गते । महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् ।
पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन ।
इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरीि, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो ।
उपचारमा संलग्न डा. सिंहले समान्यतया १२ वर्षदेखि महिनावारी हुने गरे पनि ती युवतीको २६ वर्षसम्म पनि महिनावारी नभएको जानकारी दिनुभयो । यो अत्यन्त जटिल शल्यक्रिया हो, उहाँले भन्नुभयो,“योनी नभएको महिलाको शरीरमा योनी बनाउनु ठूलो चुनौती थियो ।”
पेशाले एयर होस्टेज ती युवतीको योनीको कृत्रिम रुपमा शल्यक्रिया गरी बनाइएको छ । डा. आरपी चौधरीले ती युवतीमा पिसाब फेर्ने मात्रै प्वाल रहेको भन्दै शल्यक्रियाका माध्यमबाट कृत्रिम योनी बनाइएको बताउनुभयो ।
उहाँले यस्तो समस्या दुर्लभ मात्रै देखापर्ने बताउनुभयो । युवतीले योनीको समस्याका बारेमा आफ्नो प्रेमीलाई समेत भनिसकेको र अबको केही महिनाभित्रै विवाह गर्ने तयारीमा रहेकी छन् । शल्यक्रिया गरी बनाइएको योनीले महिनावारी हुने र यौन सम्पर्क गर्न पनि सकिने डा. चौधरीले बताउनुभयो ।
चौधरीले पाठेघर नभएका कारण सेरोगेसीको माध्यमबाट बच्चा पाउनसक्ने जानकारी दिनुभयो । अति नै दुर्लभ र जटिल शल्यक्रिया भएको दाबी गर्दै उहाँले ती युवतीको शारीरिक तथा जैविक बनौट र बाहिरी यौनाङ्ग महिलाको भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको जानकारी दिनुभयो ।

त्यस किसिमको दुर्लभ समस्या चारदेखि पाँच हजार जनामध्ये एक जनामा देखिने भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको अवस्था भने अति दुर्लभ रहेको चिकित्सकहरूको भनाइ छ । साधारणतया यस किसिमको समस्या किशोर अवस्थामा रजस्वला सुरु हुने बेलामा मात्रै पहिचान हुने गर्दछ ।
युवतीले महिला तथा प्रजनन् विशेषज्ञ कन्सल्ट्यान्ट डा.आशा सिंहसँग परामर्श लिएर शल्यक्रियाको लागि योजना बनाउनुभएको थियो । शल्यक्रिया अघि युवतीको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । युवतीको बाहिरी यौनाङ्ग र शारीरिक बनौट महिलाको भएता पनि समस्याको बारेमा परीक्षणपछि मात्र दुर्लभ र जटिल स्थिति रहेको पत्ता लागेको थियो ।
युवतीलाई यस शल्यक्रियाको जटिलताको बारेमा परामर्श तथा जानकारी गराई शल्यक्रियाको लागि तयार गरिएको थियो । शल्यक्रियामा आन्द्राको सानो भागलाई निकालेर यौनाङ्ग सोही भागबाट बनाई शल्यक्रिया गरिएको जानकारी दिइएको छ । क्रियाशील नभएको दुई गर्भाशय भने अनुमति लिएर शरीरबाट निकालिएको थियो ।
डा. सिंहले ती युवतीलाई शल्यक्रिया पछि सातौँ दिनमा घर फर्काइएको जानकारी दिँदै यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकसंँग ‘फलोअप’मा बस्नुपर्ने बताउनुभयो ।

गाेर्खापत्र दैनिकमा सराेज ढुंगेलकाे रिपाेर्ट साभार गरिएकाे
अावरण तस्वीर: यस्तै प्रकृतिकाे उपचारबाट नयाँ जीवन बाँचिरहेकी एक अमरकी युवती, डेलिमेलबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah