विष्णुप्रसाद पोखरेल
दमक । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले निर्माणको काममा प्राविधिकहरुको चरम लापरवाही, निर्माण ब्यवसायीको मनपरी र राजनीतिक दलहरुको संरक्षणले गर्दा गुणस्तर कायम हुन नसकेको बताउनु भएको छ । आजभन्दा ५ दशकअघि बनेका पुल, कल्भर्ट र सडकहरु अहिले पनि बलिया रहेको जनाउदै अहिले पछिल्लो समयमा बनेका निर्माणको काम केहि दिन बित्न नपाउदै भत्कनु लाजमर्दो भएको उहाँले जनाउनु भयो ।
जिल्ला समन्वय समिति झापाले आयोजना गरेको जिल्ला स्तरीय कार्यालय र स्थानीय तहबीच बार्षिक कार्ययोजना सम्बन्धि परामर्श बैठकमा बोल्दै अहिले सडक, पुल तथा कल्भर्टहरु अलपत्र पर्नुमा यससंग सरोकार राख्ने कार्यालयका प्राविधिकहरुको समेत गल्ति भएको बताउनु भयो । पहिलाभन्दा अहिलेका प्राविधिकहरु कम पढेका र नजान्नेहरु नहोलान भन्ने लाग्छ, तर काम हेर्दा अचम्मछ, मन्त्री कार्कीले भन्नुभयो ।
कतिपय ठाँउमा लागतमूल्य भन्दा धेरै स्टमेट गर्ने र कतिपय ठाँउमा कम स्टमेट गर्ने गरेको समेत पाएको भन्दै यस्तो नगर्न उहाँले आग्रह गर्नु भयो । हिजो जे जस्तो भयो त्यो सकियो, निर्माण ब्यवसायी र प्राविधिक सुध्रिएर निर्माणका कामहरुलाइ गुणस्तरीयता कायम गर्न लाग्नु पर्छ, कार्कीले भन्नुभयो । सम्झौता अनुसार र तोकिएको काम नगर्नेहरुलाइ अब कुनै प्रकारको राजनीतिक संरक्षण नहुने उहाँको भनाइ थियो ।
मुलक संघीयतामा गएका कारण अधिकारको बाँडफाँडजस्तै योजनाहरुको समेत बाँडफाँड भइरहेकाले केहि अन्योलता रहेको उहाँले बताउनु भयो । बिगतमा शुरु भएका सबै योजनाहरु तत्काल सम्पन्न गर्ने अवस्था नभएकाले प्राथमिकता तय गरेर त्यस अनुसार अघि बढ्नु पर्नेमा जोड दिदै यसमा सहयोग गर्न उहाँले अनुरोध गर्नु भयो । हामी एकैसाथ सबै काम अघि बढाउन सक्दैनौ, प्राथमिकता तय गरेर अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो ।
झापामा दर्जनौ सडक तथा अन्य भौतिक निर्माणको काम अलपत्र परेको बिषयमा आफुलाइ जानकारी भएको भन्दै अति आवश्यकीय ठाँउमा प्रदेश सरकारले यसै आर्थिक बर्षमा बजेट उपलब्ध गराउने बताउदै सरोकारवाला कार्यालयहरुलाइ त्यस बिषयमा गृहकार्य गर्न निर्देशन दिनु भयो । योजनाहरुमा कनीका छरेजसरी बजेट आएको बिषयमा आफु पनि जानकार भएको उहाँको भनाइ थियो ।
१५ किलोमिटर सडक कालोपत्रे गर्ने १ करोड बजेट आएको छ, यसले सम्भव छैन यसर्थ प्राथमिकताको सूचि बनाएर अतिआवश्यक ठाँउमा आवश्यक बजेटको प्रवन्ध गर्न प्रदेश सरकार लागिपर्छ, कार्कीको भनाइ थियो । गलत रुपमा प्राथमिकता र प्राविधिक स्टमेट नगर्न चेतावनी दिदै उहाँले अब बिकासका काममा कसैको प्रभाव नसहने जनाउनु भयो ।
गाँउपालिका तथा नगरपालिकाका पदाधिकारीहरुले आफ्नो गाँउठाँउमा भइरहेका योजनाहरुको बिषयमा आफुहरुलाइ नै जानकारी नदिइ काम भइरहेको समेत गुनासो गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले विकास योजना एवं कार्यक्रमको बिषयमा नागरिकलाइ स्पष्ट बनाउन अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah