पाँचथर, पुष १०

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुदा हावाबाट विजुली निकाल्न सकिन्छ भनेर घोषणा गर्नुभएको थियो । केही समुहले सो घोषणाको सर्वत्र हाँसो र मजाकमा उठाएका थिए । तर, गरे हावाबाट बिजुली निकाल्न सकिदो रहेछ भनेर पुन प्रमाणित भएको छ । यसअघि जोमसोममा हावाबाट विजुली निकालिएको थियो । अहिले पछिल्लो समय पाँचथरमा पनि ११० घरधुरीलाई पुग्ने विजुली निकालिन थालिएको छ ।

मिक्लाजुङ–२ सप्तमी बजारमा हावाबाट विजुली उत्पादन सुरु भएको छ । गएको शुक्रवार साँझ परीक्षण सफल भएपछि हावाबाट बिजुली निकाल्ने स्थानीयको सपना पूरा भएको हो । बजार क्षेत्रका आधा दर्जन घरमा अहिले हावाबाट उत्पादनको बिजुली बाल्न थालिएको छ । आयोजनाबाट एक सय १० परिवार लाभान्वित हुनेछन् । वाइरिङसहितका अन्य काम पूरा नभएका कारण औपचारिक उद्घाटन हुन भने बाँकी रहेको स्थानीयले बताएका छन् ।

विद्युत उत्पादनमा एसियाली विकास बैंकले ४ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । स्थानीयले कुल लागतको १० प्रतिशत लगानी गरेका छन् । सप्तमी सौर्य, वायु ऊर्जा मिनी ग्रिड नामक योजनामार्फत सप्तमीमा हावाबाट बिजुली निकालिएको हो ।

योजनामा वायुका साथै सौर्य ऊर्जाको उत्पादनपनि रहने निर्माण पक्षले जनाएको छ । सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । बिजुली उत्पादनपछि सप्तमी बजारमा रहेको नर्थ नेपाल टी स्टेटको चिया प्रशोधन केन्द्र र चिज उत्पादन केन्द्रलाई पनि राहत मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah