विर्तामोड । कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ झापाको सभापतिमा भुवन वुढाथोकी सर्वसम्मत चयन भएका छन् । झापाको विर्तामोडमा विहीबार भएको संघको १२ औ अधिवेसनवाट भद्रपुरस्थीत मेची बहुमुखी क्याम्पसका स्ववियु सभापति वुढाथोकी आगामी दुई वर्षका लागि सभापति पदमा सर्वसम्मत चयन भएका हुन् । यस्तै, उप सभापतिमा निरोज दुलाल, सचिवमा विनोद चापागाई, सहसचिवमा प्रकास खत्री र कोषाध्यक्षमा सृजना भण्डारी चयन भएका छन ।
यस्तै, संघको सदस्यहरुमा कौसल उप्रेति, सुहाङ्गमा नेम्वाङ्ग, सृजना वुढाथोकी, प्रदिप सिवाकोटी, चेतन दर्नाल, विकास अधिकारी, मणी लिम्वु, लोकेन्द्र थपलिया, सुरज अधिकारी, ममता वुढाथोकी, सरोज खतिवडा, शंकरदेव वन, सुरज घिमिरे, वसन्त आचार्य र मिराज पोख्रेल चयन भएका छन ।



