दमक/झापाको कन्काइ नगरपालिका र बाह्दशी गाँउपालिकामा आज छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ । सुरुङगा पुल नजिक पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे १ च ४२०१ नम्बरको पिकअप भ्यानले बिपरित दिशाबाट आउदै गरेको मे ६ प ४८३३ नंम्बरको मोटर साइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नपा ४ बस्ने बर्ष २६ को शंकर शर्मा, पछाडि सवार निजकै फर्निचरमा काम गर्ने बर्ष ४२ को महेन्द्र पासवान घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
यसैगरी झापा बाह्रदर्शी गाँउपापिलका २ बाह्रदर्शी कुटी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे १ त ४४१८ नंम्बरको थ्रेर्सर बोकेको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सहचालक झापा झापा गाँउपालिका ५ बस्ने वर्ष २१ को फारुक अलि घाईते भई स्थानिय मेडिकल राजगढमा उपचार भैरहेको बताइएको छ ।



