दमक/झापाको हल्दिवारी गाँउपालिकाको प्रतिनिधि मण्डलले संघीय सरकारकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाइ भेटघाट गरेर आफुहरुले नेपालमा नै पहिलो पटक गाँउपालिकाको सबै विकास निर्माणको जिम्मेवारी महिलालाइ दिएको बिषयमा जानकारी दिएको छ ।
हल्दिवारीका महिला बिकासमा पहिला कार्यक्रमको बिषयमा मन्त्री थापालाइ जानकारी दिईएको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताए । उनले यस कार्यक्रमलाइ सहयोग गर्नका लागि अनुरोध गरिएको समेत जनाए ।
कार्यकारी अधिकृत सन्तोष घिमिरे सहितको टोली मन्त्रलाय पुगेको थियो । हल्दिवारी गाँउपालिकाले यस बिषयमा कार्यबिधि बनाएर नै जिम्मेवारी प्रदान गरेको छ । अहिले महिलाहरु विकास निर्माणदेखि लिएर आफ्नो गाँउ आफै बनाउ भन्ने अभियानमा जुटेकाछन् ।




