सरकारी दमक अस्पतालमा डा.सुरक्षा बास्कोटा आउदै
दमक/सरकारी छात्रवृत्तिमा एमडी गरेका ४९ जना विशेषज्ञ चिकित्सकलाई सरकारले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा खटाउन क्रममा झापाको दमकमा डा. सुरक्षा बास्कोटा आउने भएकीछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा विशेषज्ञता हासिल गरेका ४९ जना चिकित्सकलाई विशेषज्ञ चिकित्सकको दरबन्दी नभएको जिल्ला तथा अञ्चल अस्पतालमा खटाउने क्रममा उनलाइ दमकमा खटाएको पाइएको हो ।
राष्ट्रिय विज्ञान प्रतिष्ठान न्याम्स मा सरकारी छात्रवृत्तिमा एमडी गरेका ७२ जना चिकित्सक मध्ये मन्त्रालयको सम्पर्कमा आएका ४९ जनालाई मन्त्रालयले करार सेवामा खटाउन लागेको बताइन्छ ।



