दमक/झापाको दमकमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सदस्यमा गणेश बस्नेतले पनि उम्मेदवारी दिएकाछन् ।
नेकपा र राप्रपाको गठबन्धनको तर्फबाट उनले उम्मेदवारी दिएकाहुन ।
राजनीतिक एवं सामाजिक ब्याक्तित्व बस्नेतले वडा नं. ६ बाट उम्मेदवारी दिएको पाईएको छ ।
उनलाइ प्यानलले निर्विकल्प उम्मेद्वारको रुपमा अगाडि बढाएको बताइएको छ ।
खानेपानीको विस्तार एवं सुधारका लागि आफुसहित आफुहरुको प्यानलको उम्मेदवारी रहेको उनले बताएकाछन् ।
आउदो पुस २८ गते खानेपानी संस्थाको निर्वाचन हुदैछ ।




