दमक/झापाको धरमपुरमा शुक्रबार एकदिने होमियप्याथिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपा एमाले झापा क्षेत्र नं. ७ अन्र्तगतको स्वास्थ्य सेवा बिभागको आयोजनामा धरमपुरमा भएको स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढि लाभान्वित भएको बताईएको छ । स्वास्थ्य चेतना सहितको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा औषधि समेत बितरण गरिएको स्वास्थ्य बिभाग प्रमुख हरीप्रसाद चापागाइले बताए ।
झापा होमियोपेथिक मेडिकल सेन्टर प्रा.लीको सहयोग र सहकार्यमा भएको होमियोपेथिक स्वास्थ्य शिबिरमा डा. नबिन चापागाइले स्वास्थ्य सेवा प्रदाद गरेका थिए । स्वास्थ्य शिबिरको उद्घाट नेकपा एमालेका केन्द्रिय अनुशाषन आयोगका सदस्य अर्जुन राइले गरेका थिए भने एमाले नेता रोमनाथ ओली, होमबहादुर थापा, राधाकृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय