दमक/हिजो दमक नगरपालिका वडा नं.५ आकाशे पुल स्थित राजमार्गमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको बा. ५ ख ५१२ नम्बरको ट्रिपरले बिपरीत दीशाबाट आउदै गरेको मे ५ प ५४७३ नम्बरको स्कुटीलाई ठक्कर दिदा २ जना घाइते बनेको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा स्कुटी चालक झापा शिवसताक्षि नगरपालिका ८ बस्ने २९ बर्षका सोम राई र सोही स्कुटीमा सवार ३७ बर्षिय आशिष गौली घाईते भई दमक लाईफ लाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




