काठमाडौ। चर्चित पत्रकार तथा सिधा कुरा जनतासंगका प्रमुख रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । वुद्ध एयरलाइंसमार्फत त्यसतर्फ टिमसहित गएका हुन्।
पूर्व कार्यतालिका अनुसार लामिछाने रास्कोट कम्युनिटी हस्पिटलको स्थलगत अबलोकनकालागि गएका हुन्। उनको नेतृत्वमा नेपालकै दुर्गम क्षेत्र कालिकोटमा लगभग ३ करोडको लगानिमा १५ बेडको अस्पताल निर्माण हुने पक्कापक्की भएको छ ।
उक्त अस्पताल निर्माण का लागि स्थानिय सरकारको पनि सहयोग रहेको छ । देश विदेशबाट जनताको सहयोगबाटै अस्पताल निर्माण गरिने भएको हो । यसले त्यहाको जनतालाई निकै फाईदा पुर्याउने छ भने अकालमै हुने गरेका घटनाहरु रोकिने छन् ।
के भन्छन रविका समर्थक ज्वाला संग्रौला ?
बेलाबेलामा आफ्ना दमदार अभिव्यक्ति राख्ने ज्वाला संगौला आफ्नो फेसबुकमा लेख्छिन: “लाग्नु भो हाम्रो Rabi दाई रास्कोट अस्पताल तिर..! जय होस् दाई हजुरको। म नास्तिक मान्छे हुँ, भगवान मान्दिन, तर तपाईलाई चैं मान्छु। ओ आरिसे, रुन्चे ,पिन्चे ,राले ,सिंगाने , धन्दुकारी , अरुको लोकप्रियताले डामेर रन्थनिएका भदौरे अर्नाहरु हो कान च्यातेर सुन , मैले रबिलाई भगवान मान्दा तँ हरुलाई हमदर्दी हुन्छ भने तँहरुले रबि दाइले गरेको कामको एक प्रतिशत गरेर देखा बुझिस्..! अनि चलाउनु थुतुनो..! नत्र भने बन्द गर तँहरुको नौटंकी, बिकाशबिरोधी जुकाहरु,,!
“कुता भोंके हजार, हात्ती चले बाजार! “




