झापामा नगरपालिका र गाँउपालिकाद्धारा सार्वजनिक बिदा
दमक/झापाको शिवसतासी नगरपालिका र हल्दिबारी गाँउपालिकाले माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएकाछन् ।
सरकारले विदा नदिएका कारण स्थानीय सरकारको हैसियतले आफ्नो नगरपालिका तथा गाँउपालिका क्षेत्र भित्र बिदा दिईएको जनाईएको छ ।
हल्दिबारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार नेपालीहरु यसलाइ बिशेष चाडको रुपमा मनाउने गरेकाले सार्वजनिक बिदा दिईएको जनाएकाछन् ।




