दमक/लायन्स क्लव अफ इनटरनेशनल ३२५ ए वानका सेक्रेटरी रेवत कार्कीले लायन्स क्लवहरु असाहयको सारथी बन्नु पर्ने बताएकाछन् ।
उनले लायन्सकर्मीहरु सधै मानवीय सेवामा समर्पित रहेको बताउदै असाहयका लागि सारथी बन्नु पर्ने बताएकाहुन् ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्सका जन्मदाता मेल्भिन जोनको १४० औ जन्मजयन्तीको अवसरमा झापा दमकका एक वालकलाइ ह्विल चियर प्रदान गर्दै उनले आफुहरुले यस प्रकारको सहयोग अभियान नै चलाएको बताए ।
लायन्स क्लव अफ दमक इस्टर्नलाइनको संयोजनमा दमक ३ मा सुबोध दाहाललाइ ह्विल चियर प्रदान गरिएको क्लवका अध्यक्ष बिमल शर्माले बताए ।
सो अवसरमा स्थानीयको सुगर जाँच पनि गरिएको थियो । वडाध्यक्ष नविन बराल, हम्सेदुम्से सामुदायिक बन अध्यक्ष हिमालयप्रसाद दाहाल लायन्स लिडर बालचन्द्र सुब्बा लगायतको सहभागिता रहेको थियो ।




