काठमाडौ । हरेक मानिसहरुको जन्म फरक फरक महिना ,बार र गतेमा भएको हुन्छ । यही अनुसार पनि मानिसहरुको भविष्यको सूत्रहरु पत्तो लाग्ने ज्योतिष शास्त्रीहरुले बताएका छन् ।
त्यसैले आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यस्ता किसिमका भएकाले को ब्यक्ति कस्तो बन्ने भन्ने पनि यसैले निर्धारण गर्दछ । हेरौ कुन महिना जन्मेको मानिस बढी भाग्यमानी ,
सुरुवातमा वैशाख महिना, यस जन्मिएका व्यक्तिहरु धनवान ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन । यस महिना जन्म भएकाहरु अरुसँग मित्रवत व्यवहार गर्ने र कसैसंग कुनै दुश्मनी बनाउन नचाहाने स्वभावका हुन्छन ।
त्यसैगरी जेठ महिनामा जन्मिएका व्यक्तिहरु धेरै मेहेनती र उत्तम बुद्धि भएका हुन्छन् । उनीहरु आफ्नो कडा परिश्रम र मेहेनतको बावजुद प्रशस्त धनसम्पति आर्जन गर्न सक्छन ।
त्यसैगरी असारमा जन्मेको मानिसहरु निकै भाग्यमानी हुने गर्छन र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन् । यस महिना जन्मेकाहरुले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन् ।
त्यसैगरी साउन महिनामा जन्मेका व्यक्तिहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने गर्छन । उनीहरुको जीवनमा दुख र सुख बराबर हुने गर्छ ।
त्यसैगरी भाद्र महिनामा जन्मेका महिलाहरुले व्यक्तिहरु निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन् । यो महिनामा जन्म लिएका व्यक्तिहरु मिठो बोली र सरल भएका हुन्छन । कडा महेनत र परिश्रमका बावजुद यिनीहरुले प्रशस्त धन संचित गर्न सक्छन ।
त्यसैगरी असोज महिनामा जन्मेका मानिसहरु निकै सुन्दर ,पवित्र मन भएका र धनवान हुने गर्छन । यिनीहरु अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन ।
त्यसैगरी कात्तिक महिनामा जन्मेको व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्छन ।
त्यसैगरी मंसीर महिनामा जन्म हुने मनिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन । उनीहरु झुट बोलेको सहन सक्दैनन् । यस महिनामा जन्मेका व्यक्तिहरुको मन धार्मिक काममा बढी जान्छ । यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुन्छन तर खर्च बढी गर्ने बानीका कारण त्यति धन संचित गर्न भने सक्दैनन् ।
त्यसैगरी पुस महिनामा जन्मेका मानिसहरुको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ । उनीहरु आफ्नो कडा मेहेनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन।
त्यस्तै माघ महिनामा जन्मिएका व्यक्तिहरुको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरु हँसिलो र जिद्दी स्वभावका हुन्छन। माघ महिनामा जन्म भएका मानिसहरुलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त धनसम्पति जोड्ने मौका मिल्नेछ ।
त्यसैगरी फाल्गुन महिनामा जन्मेका मानिसहरु निकै दयावान,धनवान र विद्यावन हुने गर्छन। उनीहरु अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन। यस महिना जन्मेका व्यक्तिहरु निकै रिसालु स्वभावका भएपनि अरुको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन ।
र अन्त्यमा रहेको छ , चैत महिना , यस महिनामा जन्मेका व्यक्तिहरु निकै रिसालु भएपनि अरुलाई दया गर्ने स्वभावका हुने गर्छन । उनीहरु पैसाको राम्रो बन्दोवस्त गर्न सक्ने हुँदा ठूलो मात्रामा धन संचय गर्न सक्छन । चैतमा जन्म भएका व्यक्तिहरुले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्याउन आवश्यक हुन्छ। ।
तर यो माथिको महिनाले जे भनेपनि तपाई आफ्नो भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्नुहोस ,अवस्य सफल हुनुहुनेछ ।



