मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा घास काट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे बार बजेको समयमा सोही स्थानमा पर्ने समुदायीक जंगलमा घास काट्न गएका ३५ बर्षिय प्रेम दाहाल रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी सुकुना समुदायीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा दिउँसो साढे २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



