रामान

मदन भण्डारी । नेकपा माले–एमालेका महासचिव । जनताको बहुदलीय जनवादका प्रणेता । यिनै मदन भण्डारीको जीवनीमा आधारित पुस्तक लेखेका छन् उनकै सहकर्मी प्रदीप नेपालले । यद्यपि अचेल प्रदीप आफूलाई राजनीतिक प्राणी भन्न कम रुचाउँछन् ।

मदन भण्डारीको जीवनीमा आधारित उपन्यास हो बर्बरिक ।

यही बर्बरिकलाई नाट्य रुपान्तरण गरेको छ झोराहाट नाट्य समूह मोरङले र ५८ मिनेटको नाटक बर्बरिक प्रदर्शनमा छ बानेश्वर, सिडियोटोलस्थित कुञ्ज थियटरमा ।

मदन भण्डारीको २०४६ सालदेखि दासढुंगा हत्याकाण्डका पेरिफेरि र केही भूमिगत जीवन बर्बरिकमा उतार्न खोजिएको छ । झोराहाट नाट्य समूहका अध्यक्ष एवम् नाट्य परिकल्पनाकार भरत गुरागाईं नै नाटकमा बर्बरिक अर्थात् मदन भण्डारीका रुपमा देखिएका छन् ।

भूमिगत जीवनमा संगठन गर्ने उनको लोभलाग्दो शैली, साइकलमा यात्रालाई मोहक ढंगमा देखाइएको छ । मदनप्रति जनताको विश्वास, उनलाई राजा वीरेन्द्रले समेत दिएको भेट अनि जनआन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहलेसमेत गरेको भेटलाई सपाटसँग देखाउने यत्न भएको छ बर्बरिकमा ।

राजासँगको भेटपछि मदनमाथि बढेको असुरक्षा, कास्कीबाट चितवनमा संगठनकै कामको सिलसिलामा जानेक्रममा भएको रहस्यमय हत्यामा गएर नाटक सकिन्छ । रंगकर्ममा सिद्धहस्त युवा जीवन बरालले निर्देशन गरेको नाटक माघ १२ गतेसम्म प्रदर्शनमा रहनेछ । नाटकमा सुदीप कार्की, बिमला सम्बाहाम्फे, अनु श्रेष्ठ, निराशा ढुंगेल, दीक्षा चौधरी, दीपा पोखरेल, दिव्या रेग्मी, प्रदीप सरदार, विजय थारु, सुरज माझी, लकेश राई, सुलभ पाण्डे, विजय नेपाल, नमस्ते दीवाकर घिमिरे, सुनीता कट्टेल, प्रयाग न्यौपानेको भूमिकाले अब्बल बनाएको छ । नेपाल सरकारका मन्त्रीहरु, मदन भण्डारीका विभिन्न कालखण्डका सहकर्मीहरु, नेकपाका नेताहरु, सांसदहरु नाटक हेर्न हरेक दिन पुगिरहेका छन् ।

समावेशी कलाकार समूह, राजनीतिक मुद्दामा नाटक अनि काठमाडौं बाहिर पनि छ है अब्बल नाट्य टोलीहरु, समग्रमा बर्बरिकले काठमाडौंलाई दिएको सन्देश यही हो यसपटक ।

जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah