रामायणबारे सामान्य जानकारी राख्नेलाई पनि थाहा होला कि भगवान रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रुपमा भएको थियो । रामायणका अनुशार भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुधन क्रमशः एक एक कलामा विभाजीत गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए।
ती मध्ये सबै भन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदी अलग अलग नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ बचन मान्नेहरूमा एक हुन् । उनकी माताको नाम कौशल्या थियो । राजा दशरथलाई धेरै दिन सम्म कुनै सन्तान नभएका कारण गुरु बशिष्ठको आज्ञानुशार पुत्रेष्ठी यज्ञा गराएका थिए । त्यसपछी राजा दशरथकी तिनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए ।
र रामायणबारे जानकारी राख्नेलाई यो पनि थाहा नहुने कुरै भएन कि भगवन राम १४ वर्ष वनवासमा रहे । र १४ वर्षपछि अयोध्या फर्किए । तर उनको मृत्यु कसरी भयो ? यो विषयका पछाडि भने ठूलो रहस्य लुकेको छ ।
पद्म पुराणमा उल्लेख गरिएको एक कथाका अनुसार, एक दिन एक वृद्ध सन्त भगवान रामको दरबारमा पुगे । उनले भगवान रामसँग एक्लै वार्ता गर्ने इच्छा व्यक्त गरे । त्यसपछि रामले ती सन्तलाई आफ्नो गोप्य कोठामा लगे र ढोकामा आफ्ना भाई लक्ष्मणलाई राखे । सन्तसँगको कुराकानी कसैले भंग गरे उसलाई मृत्युदण्ड दिइने रामले चेतावनी पनि दिए । लक्ष्मणले आफ्ना जेठा भाईको आज्ञा स्वीकार गर्दै उनीहरुलाई कोठमा एक्लै छाडेर आफू ढोकामा पहरा दिन बसे ।
ती बृद्ध सन्त अरु कोही नभएर विष्णु लोकबाट पठाइएका काल देव थिए । जसलाई यो बताउन पठाइएको थियो कि, भगवान रामको पृथ्वीमा आयू पूरा भइसकेको छ । र अब उनले आफ्नो लोकमा फर्किनु पर्ने छ ।



