आन्द्रामा पलाएको ट्युमरका कारण प्रख्यात फुटबलर पेले फेरी अस्पताल भर्ना भएका छन्। गत सेप्टेम्बरमा उक्त ट्युमर हटाइए पनि चिकित्सकले केमियोथेरापी गर्नुपर्ने बताएका थिए। साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८१ वर्षीय पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको र उनी केही दिनमै डिस्चार्ज हुने स्वास्थ्य अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ। अस्पतालले उपचारकै निरन्तरताका रुपमा पेले भर्ना भएको जनाएको छ। गत सेप्टेम्बरमा अस्पतालबाट डिस्चार्ज भएलगत्तै पेलेले आफू दिनप्रति दिन आराम महसुस गरिरहेको सामाजिक सन्जालमार्फत उल्लेख गरेका थिए। गत अगष्ट ३१ यता पेलेले निरन्तर उपचार गराइरहेका छन्। पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था जीर्ण देखिन्छ। उनले सन् २०१५ मा प्रोस्टेट सर्जरी गराएका थिए। २०१९ मा उनमा युरिन सम्बन्धी संक्रमण देखिएको थियो। तीनपटक विश्वकप जितेका पेले ब्राजिलका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले ९२ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन्। चारवटा विश्वकपमा गोल गर्ने विश्वका चार खेलाडीमध्ये पेले पनि एक हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah