नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइँदै गरेको फागु पर्व अर्थात् होली तराईमा भने शुक्रवार मनाइँदैछ।

असत्यमाथि सत्यको जित र हर्षका रूपमा अनि वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ।

यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन्।

तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन्।

काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दु:ख दिइए कारबाही गर्ने चेतावनी दिएका छन्।

मिथिलाञ्चलको होली: अन्यत्रभन्दा फरक
राजधानी उपत्यकाको होली
त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
होलीका अवसरमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च नेताहरूले शुभकामना सन्देश दिएका छन्।

उनीहरूले पनि होलीको पौराणिक र सांस्कृतिक पक्षलाई उल्लेख गर्दै यसलाई विकृतिरहित बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सन्देशमा भनेकी छन्, “हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ।”

उनले पौराणिक ग्रन्थहरूमा उल्लेख भएकाले होलीको प्राचीनता पुष्टि हुने उल्लेख गरेकी छन्।

उनले होलीलाई सत्यको विषय अवश्यम्भावी हुने कुरालाई यो पर्वले प्रखर रूपमा अभिव्यक्त गर्ने बताएकी छन्।

भण्डारीले सन्देशमा लेखेकी छन्, “समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलित रूपले क्रियाशील रहन यस पर्वले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लाग्दछ।”

होलीमा कमसल रङ्ग प्रयोग गरिरहँदा क्यान्सर र मिर्गौला रोगको सम्भावना
होली: रंगको रौनक
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन्।

उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
होली पर्वको उल्लेख कुन ग्रन्थमा छ?
संस्कृतिविद् प्राध्यापक वीणा पौड्यालका भनाइमा होली विशेषगरी हिन्दू शास्त्रहरूमा उल्लेख भएको पर्व हो।

त्यसैले होली शास्त्रीय पर्व भएको उनको मत छ।

“विभिन्न पुराणहरूमा यसको उल्लेख छ। पछि महाकाव्यहरू जस्तै महाभारत र रामायणमा पनि उल्लेख भएको पाइन्छ,” उनले भनिन्।

“लिङ्गपुराण, वराहपुराणमा पनि यसको उल्लेख छ। यो शास्त्रीय पर्व हो।”

पौड्यालका भनाइमा जैमिनि ऋषिद्वारा रचित तथा मीमांसा दर्शनको आरम्भ भएकोमध्येको मानिने “पूर्वमीमांसासूत्र”मा पनि होलीबारे उल्लेख भएको पाइन्छ।

स्थान र परिवेशअनुसार फरक नाम
पौड्याल होली पर्वलाई विभिन्न स्थानका मानिसहरूले भिन्न नाममा मनाउने र त्यसको शैली पनि केही फरक हुने बताउँछिन्।

उनका भनाइमा होलीलाई कहीँ ‘होरी’ भनेर पनि चिनिन्छ।

तराईमा होली र होरी भनिने यो पर्वलाई पहाडी क्षेत्रमा फागु वा फागु पूर्णिमा भनिने उनले बताइन्।

“यसलाई वसन्तोत्सव र मदनोत्सव पनि भन्ने चलन छ,” उनी भन्छिन्।

शिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तको भिड
लुम्बिनीमा ३५ वर्षदेखि निरन्तर कसरी बलिरहेको छ शान्तिदीप
अहिले पनि विभिन्न नामबाट चिनिने होलीलाई पौराणिक शास्त्रहरूमा अझ फरक नामले उल्लेख गरिएको पौड्यालले बताइन्।

“एउटा लामो समयसम्म कुनै पनि पर्व चलिरहँदा त्यसले फरक नाम लिँदो रहेछ,” पौड्याल भन्छिन्।

उनका भनाइमा पहिले होली नेपालको तराईमा बढी महत्त्वका साथ मनाइन्थ्यो।

वसन्त ऋतुको सङ्केतका रूपमा समेत लिइएको यो पर्वलाई अहिले पहाडी र हिमाली भेगमा पनि व्यापक रूपमा मनाइन थालिएको पौड्यालले बताइन्।

ठाउँ अनुसार “कुनैमा ऋतु र महिना अनुसार र कुनै कथामा जोडिएका पात्रहहरू अनुसार नाम जोडिएको” उनको तर्क छ।

काठमाण्ठूमा होली खेल्दै विदेशी पर्यटक

काठमाण्ठूमा होली खेल्दै विदेशी पर्यटक

लिङ्गपुराणमा फागुन महिनालाई ‘फाल्गुनिका’ र वराहपुराणमा ‘पटवासविलासिनी’ भनिएको पाइन्छ।

फाल्गुने पौर्णमासी च सदा बालविकासिनीज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकर्विभूतये॥ लिङ्गपुराण

अर्थात् यसले फागुन पूर्णिमाको यो पर्व बालबालिकाले खेल्ने र मानिसहरूलाई यसले विभूति (ऐश्वर्य) दिने जनाउँछ।

फाल्गुने पौर्णिमास्यां तु पटवासविलासिनीज्ञेया सा फाल्गुनी लोके कार्या लोकसमृद्धये॥ -वराहपुराण

‘पटवास-विलासिनी’ को अर्थ चूर्ण वा धुलोयुक्त क्रीडा भएको पर्व हो।

होलीबारे विष्णुका भक्त प्रह्लाद र होलिका-दहनसँग सम्बन्धित रहेका कथाहरू प्रचलित छन्।

‘हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ, हाम्रा छोराहरूले मानेनन्’
२० वर्षदेखि नृसिंह बनेर नाच्दै आएका छन् यी कलाकार
तर वसन्त ऋतु, कामदेव र राधाकृष्णका कथाहरू पनि होलीसँग जोडिएको पौड्यालले बताइन्।

सनातन धर्ममा हरेक भगवान्‌का लागि भिन्न रङ्गको प्रयोग हुने गरेकाले पनि होली शास्त्रीय पर्व भएको उनको तर्क छ।

“हाम्रोमा भगवान्‌को मात्र होइन राशि, नक्षत्र र दशाअनुसार पनि फरक रङ्ग प्रयोग हुन्छ,” उनी भन्छिन्।

गुर्जुको पल्टन

फागुमा देखिएको परिवर्तन
सात दशक पुग्न लागेकी पौड्यालको अनुभवमा पहिलेको होली र अहिलेको होलीमा फरक देखिन थालेको छ।

उनले भनिन्, “पहिले तराईमा घरघर मिठाइ लिएर जाने रमाइलो गर्ने र रङ्ग खेल्दा पनि सकभर नयाँ र निक्खर सेतो लुगा लगाउने चलन थियो।”

ठाउँ र समुदाय अनुसारको दशैँ: रातो, सेतो, कालो र पहेँलो टीकाको प्रचलन
राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’
“काठमाण्डूमा चाहिँ होलीमा विकृति देखिएर म पद्मकन्या क्याम्पस पढ्दा वसन्तपुरमा ‘चीर’ गाडेपछि नै हामी बाहिर जान सक्दैन थियौँ।”

“यहाँ मनोरञ्जन होइन कि त्रासको पर्वजस्तो बनेको थियो। त्यस्ता विकृतिलाई अन्त्य गर्नुपर्छ।”

होली
उनी वसन्तोत्सवका रूपमा मनाइने होलीको सांस्कृतिक र परम्परागत मूल्य कम हुँदै गएको ठान्छिन्।

जातजाति र स्थानानुसार होलीमा गाइने गीतहरूको भिन्नै मौलिक महत्त्व भएकामा अहिले त्यो स्थान चलचित्रका गीतले लिएको उनी बताउँछिन्।

तर होली धर्मबाट निस्किएर समाजमा मिसिएकाले त्यो सकारात्मक र राम्रो पक्ष भएको उनको बुझाइ छ।

कहाँ कसरी मनाइन्छ होली?
उपत्यकाको मुख्य केन्द्र वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिने जानकारहरू बताउँछन्।

तीज गीत कसरी गाउन थालिएको थियो, अहिले कसरी परिवर्तन हुँदै गएको छ?
गाईजात्रा कहाँ, किन र कसरी मनाइन्छ?
त्यस दिनदेखि उपत्यकामा पूर्णिमासम्म होली मनाउने चलन रहेको संस्कृतिविद्हरूको भनाइ छ।

वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिन्छ

वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिन्छ

पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ।

“उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ,” सरकारी समाचारसंस्था राससले लेखेको छ।

त्यस्तै पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको पनि राससले जनाएको छ।

वैशाख १ मा नयाँ वर्ष किन र कहाँकहाँ मनाइन्छ
‘यथास्थितिमा असारमा हिउँद पुग्न सक्छ’, पञ्चाङ्ग संशोधन गर्नुपर्ने कुरा किन उठेको हो
फागु पूर्णिमाकै दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको बताइन्छ।

त्यस्तै पूर्णिमाकै दिन हिमाली क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व मनाउने गर्छन्।

तराईमा भोलिपल्ट मनाइने होलीमा रङ्ग खेल्नुका साथै मौलिक गीत गाउने र व्यङ्ग्यात्मक कार्यक्रम पनि आयोजना गर्ने चलन रहेको छ।

होलीको किंवदन्ती
फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ।

उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए।

तर प्रह्लादलाई केही नभएको होलीका जलेको कथामा उल्लेख छ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।

द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ।

उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले राससलाई बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88