अन्तराष्ट्रिय

जोर्डनी प्रसिद्ध लेखकको गोली हानी हत्या

अम्मान (जोर्डन), 10 असोज । जोर्डनका प्रसिद्ध लेखक तथा व्यङ्ग्य चित्रकार नेहद हेतार कार्टुनिस्टलाई जोर्डनको एक अदालत परिसरमा आइतबार गोली हानी हत्या गरिएको छ । उनलाई इस्लाम धर्मविरोधी व्यङ्ग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उनिमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न त्यहाँ पुगेका बेला अज्ञात व्यक्तिले तीनवटा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको

बल्झियो सुडान घोटला प्रकरण

काठमाडौं, १० असोज । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानको डाफरमा खटिएका नेपाल प्रहरीको आर्म पर्सनल क्यारिएर (एपीसी) खरिदमा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले सुनुवाइ थालेको छ । तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी र दुई ठेकेदारविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलामाथि सर्वोच्च अदालतले पाँच वर्षप्छि सुनुवाइ सुरु गर्ने निर्णय गरेको आजको राजधानी दैनिकमा खबर

बग्दादमा आत्मघाती आक्रमण चारको मृत्यु

बग्दाद, ९ असोज । इराकको राजधानी बग्दादको पश्चिमी भागमा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको आत्मघाती आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजधानीको उत्तर सहरमा बम आक्रमण भएको एक दिन पछाडि पुनःसो आक्रमण भएको छ

पाकिस्तानी पत्रिकाको सम्पादकीय– हामी भुटान र नेपालजस्तो होइन

काठमाडौं, ९ असोज । भारत प्रशासित काश्मिरमा एक साताअघि भएको हमलापछि भारत–पाकिस्तानबीच भीषण वाकयुद्ध चलिरहेको छ । दुवै देशले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । भारतले कास्मिर हमलालाई लिएर पाकिस्तान आतंकवादी मुलुक भन्ने सम्मको आरोप लगाएको छ भने पाकिस्तानले कास्मिरमा भारतले मानवअधिकार हनन् गर्ने काम गरेको दाबी गर्दै आएको छ । भारत–पाकिस्तान वाकयुद्ध अमेरिकामा

पाकिस्तानसँग युद्ध नगर्न भारतलाई अमेरिकाको चेतावनी

९,असोज,काठमाडौं। काश्मिरको उरीमा भारतीय सैनिकमाथि भएको हमलापछि भारत र पाकिस्तानबीच चर्किएको विवादका बीच विश्वकै एक शक्ति राष्ट्र अमेरिकाले युद्धको बाटो नरोज्न दुबै आग्रह गरेको छ ।  अमेरिकाको प्रमुख पत्रिका न्यूयोर्क टाइम्सले शुक्रबारको सम्पादकीयमा यदि दुई देशबीच युद्ध भए यसबाट भारतलाई ठूलो नोक्सान हुने चेतावनी समेत दिएको छ । सम्पादकीयमा अमेरिकी सरकारको धारणासमेत जोडेर भारतलाई पाकिस्तानसँग

सिरियाली युद्ध झन् चर्कियो, एलेप्पोमा पानीको हाहाकार

एजेन्सी, ९ असोज । विगत पाँच वर्षदेखि द्वन्द्वको चपेटामा परेको सिरियामा पानीको हाहाकार भएको छ । तीव्र द्वन्द्वका कारण सिरियाको ऐतिहासिक सहर एलप्पोमा २० लाख मानिसलाई पानीको अभाव भएको राष्ट्रसंघले जनाएको आजको नयाँ पत्रिकामा खबर छ । शुक्रबार राति सिरयाली सेनाले गरेको आक्रमणमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा पानीको पाइप फुटी आपूर्ति रोकिएको राष्ट्रसंघको बालबालिकासम्बन्धी

अमेरिकी किनमेल केन्द्रमा गोलीकाण्ड

अमेरिकाको वाशिंगटन राज्यको बर्लिंगटन शहरस्थित एक शपिंग मलमा गोलीकाण्ड हुँदा तीन जना मारिएको र घाइते एकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। सियाटलबाट करीब एक सय किलोमिटर उत्तरमा रहेको सो स्थानमा भएको उक्त घटना लगत्तै गोली प्रहार गर्ने व्यक्ति भागेको जनाइएको छ। उक्त सन्दिग्ध हमलाकारीको तस्विर प्रहरीले सार्वजनिक गरेको छ। हिस्पानीक समुदायका पुरुष बताइएको उक्त व्यक्तिलाई

आप्रवासीका परिवारलाई अष्ट्रेलियाले पाँच बर्षे प्रवेशाज्ञा दिने

एजेन्सी । अष्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन् । लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी प्रवेशाज्ञा दिने घोषणा गरिएको अष्टे«लिया सरकारले जनाएको छ । अष्ट्रेलियामा बसिरहेका आप्रवासीहरुमा तत्कालीन प्रवेशाज्ञा प्रक्रियाका कारण निराशा छाएकाले यस्तो निर्णय लिइएको अष्ट्रेलियाको आप्रवासी मन्त्रालयका सहायक

किमलाई भौतिक कारबाहीको चेतावनी

एजेन्सी, ८ असोज । प्योङयाङले आणविक परीक्षण पुनः दोहो¥याएमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भौतिक कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ। उसले उत्तर कोरियाले पुनः आणविक परिक्षण गरेमा प्योङयाङको युद्ध कमाण्ड पोस्ट र उत्तर कोरियाली नेतृत्वलाई नै सखाप परिदिने चेतावनी दिएको आजको नयाँ पत्रिकामा खबर छ । प्योङयाङले छैटौंपटक आणविक परीक्षणको तयारी गरेको

‘अलेप्पो हवाई हमलामा ४५ को मृत्यु’

सिरियाको अलेप्पो शहरमा हालैका महिनायता भएका भीषण हवाई हमलामा कम्तीमा ४५ जनाको ज्यान गएको बताइएको छ। गत हप्ताको युद्धविरामपछि भएको सबैभन्दा ठूलो हवाई हमलापछि शहरको विद्रोही नियन्त्रित क्षेत्रभर नै आगो लागेको जस्तो देखिएको बताइएको छ। देशका अन्य भागमा पनि भिडन्त भएका जानकारी प्राप्त भएको छ। अभियानकर्ताहरुले भनेका छन्, अलेप्पो शहरको विद्रोही नियन्त्रित क्षेत्रमा गएराति केही महिनायताकै सबैभन्दा