युवाहरुको मानसपटलमा राजनीति समाज सेवाका निम्ति होइन कि यो शक्ति र पैसाको निम्ति गरिन्छ भन्ने अवधारणा विकशित भएको देखिन्छ ।
युवाहरुमा अन्धभक्तवाद यसरी मौलाएर गयो कि सत्यतालाई स्वीकार्नै नसक्ने, झुट नै सहि र नेता प्रति बफादार हुनुपर्छ भन्ने यो आलो काँचो युवक मनस्थितिलाई राजनैतिक पार्टीका नेताहरुले व्यापक उपयोग गरेका छन तर युवा राजनीतिमा लाग्नुभएका साथीहरुले आफु दुरुपयोग भएको हेक्का नै राख्न सकेका छैनन ।
हामीलाई लाग्न सक्छ, नेपाली समाज राजनैतिक रुपमा सचेत छ तर यो होइन ।
यदि त्यो हुन्थ्यो भने हामी अन्धभक्तवाद, पुच्छरवाद र भजनवादबाट अलग हुन्थ्यौ ।
आज युवाहरुलाई नियालेर हेर्नुभयो भने, सचेत भनेका युवाहरु भजन गाइरहेको भेट्टिन्छन, त्यो दुर्भाग्य हो ।
आफ्नो क्षमता, दक्षता र विषय विशेषज्ञताले नेता बन्न कठिनाइ र जटिलताहरु नेपाली समाजमा यथावत नै छन् ।
ढुङ्गालाई भगवान मान्दै आकृति वर्णन गर्ने हाम्रो समाजिक र सांस्कृतिक चिन्तन, के साच्चै विकसित छ त ?
दुई कप चिया र दुई प्लेट म:म मा भजन गाउने हाम्रो राजनैनिक र नैतिक संस्कार,के साँच्चै उच्च छ त ?
प्रयोगवादी राजनीतिमा युवाहरु मनवढाल बनि प्रयोग भइरहेका छन ।
प्रश्न यँहा नेर छ, कसरी नेपाली समाज राजनैतिक रुपमा विकसि र परिष्कृत छ ?
कसरी राजनैतिक चेतना स्तरको अभिबृद्धि भयो ?
हामी जुन सुकै युवा यो वा त्यो ढङ्गबाट प्रयोग भइनै रहेका छौ । भजन गाँउदै नेताहरुको जयजयकार गर्दा राजनीतिमा समाहित युवाहरुको बाँच्ने आधार के ?
यो कुरामा राजनैतिक दलका नेताहरुको ध्यानपुग्न सकेको छ त ?
विखन्डन गर अनि राज गर, प्रयोग गर अनि पयाकिँदेऊ, हाम्रो राजनैतिक मनस्थिति यहाँ नेर नै चुकेको छ ।
युवाहरु नेताको लगौटी समाउदै भजन गाँउन थालेपछि, कसरी हुन्छ सचेत खबरदारी ?
यो देश यस्तो देश जहाँ ६५ वर्षको उमेरमा राजनैतिक कुण्ठाले कहि कतैबाट प्रायोजित भएपछि विकाशमा युवा भन्दै पार्टी खोल्ने विशिष्ट बुद्धिजिवी पनि यहाँ नै छन ।
सोझा साझा नेपालीयुवालाई झुटा सपना देखाउदै झण्डा बोकाउने हाम्रा पार्टीहरुले के साच्चै नेपाली समाजको परिवर्तन गर्ला त ?
हाम्रा राजनैतिक पार्टीहरुमा राजनैतिक इमान्दारीताको अभाव छ ।
पार्टीहरु सच्चिदै इमान्दार नेता, कार्यकर्ताको पहिचान गर्दै राजनीतिलाई नयाँ मोडमा उभ्याउन जरुरी छ ।
हरेक पार्टी भित्र युवाहरुको सचेत खबरदारीले नेपाली समाज नयाँ ढङ्गबाट बढ्न सक्छ भन्ने मेरो बुझाई हो ।
युवाहरुको बाँच्ने आधारको निर्माण नै विकाशको ढोका हो । कृषि, पर्यटन,जलस्रोत,जडिबुटी र अन्य स्रोत र संभावनाको खोजी गर्दै स्रोत उत्खनन र परिचालनमा युवाहरुको सहभागिता गराउन सके देशको विकास हुन्थ्यो ।
#जयनारी



