बिशेष टिप्पणी
बिष्णुप्रसाद पोखरेल
कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली प्रहार गर्यो । हत्या गर्यो । घटना भएको पनि घण्टौ भइसकेको छ । तर न सरकार बोलेको छ न त नेकपा माओबादी केन्द्रले नै आफ्नो धारणा सार्वजनिक गरेको छ । मधेशी मोर्चाका नेताहरु कहाँ गएका छन् खोइ ? चुइक्क बोलेकाछैनन् ।
नेकपा एमालेले सिमामा भारतीय सुरक्षाकर्मीबाट मारिएका ३० बर्षिय गोबिन्द गौतमलाइ । घटनाको बिषयमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिमामा नेपाली नागरिक मारिदा सरकार मौन बसेको भन्दै आपत्ती पनि जनाए । नयाँशक्ति पार्टी र जनमोर्चाले पनि घटनाको बिषयमा टिप्पणी गर्दै भारतको हेपाह प्रवृतीको बिरोध गरेकाछन् । तर सरकार अहिलेसम्म नाजावफ रहेको छ ।
अझ पराराष्ट्र मन्त्रालयले यस बिषयमा पत्रकारहरुले राखेको जिज्ञाषामा गृह मन्त्रालयले पत्र पठाएपछि र जानकारी गराएपछि मात्र बोल्ने भन्नु यो भन्दा लज्जाश्पद के हुन सक्छ ? होइन सरकार छ की छइन ? पराराष्ट्र मन्त्रालय सरकारले किन बनाएको र यस्को काम के हो ? थुप्रै प्रश्न चिन्हहरु खडा भएकाछन् । भारतसंग कति लाचार छ सिहददरबा भन्ने यसबाट प्रष्ट हुन्छ ।
प्रचण्डको सरकार मधेशमा भएको घटनाले धरापमा रहेको छ । यसर्थ अहिले उनी भारतबिरुद्ध बोल्न सक्दैनन् भनेर सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ति रुपमा आलोचना शुरु भएको छ । काँग्रेस पनि चाडै सरकारको नेतृत्व गर्ने दिन पर्खेकाले केहि बोलेको छैन भनेर प्रशस्त आलोचना भएका देखिन्छ ।
यत्रो आलोचना सुन्दा पनि बिहिबार अबेरसम्म चुइक्क सत्तारुढ दलहरु बोलेका छैनन् बोरु सत्तारुढ दलआबद्ध युवा संगठनहरु आन्दोलनमा उत्रेकाछन् । कञ्चनपुर सिमामा आतंक छ । त्यहाँका जनता सन्त्रस्त छन् तर सरकार टिकाउधन्दामा कमल थापा उपप्रधानन्त्रीको सपथ खान हतारो गरिरहेका हुन्छन् यो कस्तो देश हो ? यो कस्तो बिडम्बना हो ? खोइ कहाँ छ सरकार ? अनि के गर्दै छ सरकार ?
त्यहाँ रहेका नेपाली सुरक्षाकर्मी के हेरेर बसे ? स्थानीयहरुले गुलेली लिएर प्रतिकार गरे । भारतीय सुरक्षाकर्मीको बन्दुकससंग गुलेलीले प्रतिकार गरे । तर हाम्रो सुरक्षा संयन्त्र आदेश कुरेर बस्यो र के गर्ने भनेर कसैले भनेन । अब सिमा क्षेत्रका बासिन्दाको सुरक्षा कस्ले गर्छ ? कसरी हुन्छ सुरक्षा ? यो सरकारसंग जवाफ छ ? गोली ठोक्नका लागि नेपाल प्रवेस गर्ने भारतीय सुरक्षाकर्मी नेपालमा वार्ता गर्न आउन मानेनन् रे । अनि दशगजामा बैठक बस्यो । यस्तो छ हाम्रो सरकारको औकात । अब कसरी सुरक्षित महसुस गर्ने र भारतले अझै के गर्ला ?
बारम्बार भारतीय सुरक्षाकर्मीको ज्यादती भइरहेको छ । एकबर्ष अघि झापामा पनि हतियार सहित भारतीय सुरक्षाकर्मी आएर बितण्डा मच्चाएका थिए । अहिले कञ्चनपुरमा बितण्डामात्र मच्चाएनन् एक निर्दोष यूवाको हत्या गरे । जून क्षम्य होइन र छइन । पाकिस्तानी सुरक्षाकर्मीले एकजना भारतीय नागरिक यसरी मारेको भए अहिले त्यहाँ युद्ध शुरु भएको हुन्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहि पुगेर प्रत्याक्रमण गर्ने निर्देशन दिइसक्थे । तर कठै हाम्रो सरकार ।
स्थानीय प्रहरीले भारतबाट गोली प्रहार भएको बताइसकेको छ । अब सरकारलाइ बोल्न किन अप्ठेरो ? के अझै बुझ्ने काम भइरहेको छ ? प्रहरीले जारी गरेको सूचनामा कञ्चनपुर पुनर्वास न।पा।वा।न।८ आनन्द बजार स्थित नेपाली पक्षबाट निर्माण गरिएको कल्भर्ट भारतीय भुमीमा पर्ने भनि भएको बिवादमा भारतीय स्थानीय, भारतीय एसएसबी र नेपाली पक्षबीच झडप हुँदा भारतीय एसएसबीले गोली फायर गरेको पुष्टि गरेको छ ।
कार्यालयले उक्त गोली लागि पुनर्वास न।पा।८ बस्ने २५ वर्षीय गोबिन्द गौतम घाईते भई उपचारको क्रममा धनगढी स्थित अस्पतालमा मृत्यु भएको बिषयलाई लिएर नेपाली पक्षहरु आक्रोशित भएकोले सम्भावित आक्रमणबाट बच्न कामको सिलसिलमा नेपालमा रहेका भारतीय व्यक्तिहरु तथा सवारी साधनहरुलाई अवस्था सामान्य नहुन्जेलसम्म सजग एवं सुरक्षित रहन सचेत गराएको छ । प्रहरीले स्थिती सामान्य नहुन्जेल भारतीयहरुलाई विनाकाम बाहिर ननिस्कन पनि भनेको छ ।



