काठमाडौँ । आमा आफैमा महान शब्द हो । आमाको माया कति अपार हुन्छ भन्ने कुरा हरेक सन्तानले आभाष गरिरहेका हुन्छन् । संसारको सबैभन्दा ठूलो भनेको नै आमा हुन् । संसारकी सृष्टि आमा नै पहिलो भगवान हुन् । जति अरु शब्दको बयान गरिन्छ आमाको बयान कुनै शब्दले गर्न सकिदैन् ।

 

जसले सुन्दर संसार देख्न पाएनन् उनीहरुलाई आमा के हो भन्ने के थाहा । तर जन्मिएर पनि आमाको माया नपाएका अनि आमाको न्यानो काखमा लुटपुटिएर बस्ने बेलामा नै आमाको काख छोड्न बाध्य भएका बच्चालाई जति आमाको अभाव सायद संसारमा कसैलाई हुदैन् होला ।कयौँ पिडा सहेर जन्म दिने आमालाई बूढेसकालमा वृद्धाश्रम पुर्याएर थक्काउने सन्तानलाई के थाहा आमाको माया । आमा नहुँदाको पिडा ।

 

सुन्दर संसार देखेर पनि आफ्नो आमाको साथ नपाउँदाको पिडा सायदै कल्पना समेत गर्न सकिदैन् । यस्तै एक हृदय विदारक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा देख्न सकिन्छ । एउटा बाख्राले आफ्नो बच्चालाई दूध खुवाइरहेको छ । नजिकै रहेको एक अबोध बालक त्यो बाख्राको पाठाले दुध खाएको एक टकले नियालेर हेरिरहेको छ । तस्वीरमा देख्न सकिन्छ यो कुनै गरिब परिवारका घर हो जहाँ भोक मेटाउने केही चिज त्यहाँ छैन् ।

 

भान्सा कोठा जस्तै देखिने तस्वीरमा चुलो नजिकै रहेको एउटा भाँडो खाली भएको र घोप्टिएको देखिन्छ । लाग्छ यस्तो तस्वीर देख्दा कसको मन नरोला र ? ती अबोध बालकले पनि आफ्नो आमासँगै रहेर स्तनपान गर्न खोजिरहेको जस्तो देखिन्छ । बाख्राको पाठाले रमाइ रमाइ आमाको दूध चुसिरहको बेला त्यो अबोध बालकको मनले पनि आमाको दूध पिउने आशा जगाइरहेको थियो होला । सायद गरिबी भनेको नै यहि होला है जहाँ आफ्नो तिर्खाको प्यास मेट्ने आमाको साहारा नपाउँदाको पिडा तस्वीर हेरेर सहजै मनन गर्न सकिन्छ ।

 

धार्मिक ग्रन्थमा देवताहरुको अनेक रुप रहेको छ । प्रेम लिला रचाउने भगवान कृष्ण हुन भने अर्को तर्फ मर्यादा पुरुष राम हुन् ।भगवान कृष्णको आकर्षण महिलाहरुको बिचमा बाँडिएको छ । तर संस्कारी राम आफ्नो पति भन्दा कर्तव्यलाई बढी प्राथमिकता दिन्छन् ।

 

यद्यपी एक शिव भगवान जसले गुहस्थीमा केही रुचि नराखेपनि सतिसँगको वियोगले ताण्डव गरे । शिवले आफ्नो सम्पूर्ण प्रेम पार्वतीकै लागि सर्मपित गरे ।बाघको छाला, जंगली फुलले सजिएर ध्यान मग्न भाङ पिउने शिवको लागि युवतीहरु अझै पनि व्रत बस्ने गर्छन् ।

 

सतिलाई गुमाएपछि पागल बनेर सृष्टिको बिनाश गर्न शिव निस्केका थिए । शिवको प्रेम माता पार्वतीको लागि अद्भूत थियो । शिवले पार्वतीलाई सधै आफ्नो साथमा राख्छन् । भगवान शिव स्त्रीत्वलाई छुन समेत डराउँदैनन् उनी अर्धनारीश्वरको रुपमा आधा पार्वती र आधा भाग उनको रहन्छ ।

 

पौराणिक कथा अनुसार शिव र पार्वतीको सम्बन्ध बराबरी रहन्छ ।जब समुन्द्र मन्थनको बेला शिवले विष खाएका थिए त्यो विष माता पार्वतीको घाँटीमा रोकिन्छ । त्यसपश्चात शिवलाई निलकण्ठको उपाधी मिल्छ । भगवान शिव जस्तै पति पाउ भनेर अझै पनि महिलाहरु शिवकै ध्यान गर्छन् ।शिवले पार्वतीलाई निकै सम्मानको साथ माया गर्थे । पुराणमा बताइएअनुसार शिव र पार्वतीको बीच पति र पत्नीको निकै गहिरा सम्बन्ध, प्रेमपुर्ण गरिमामय थियो ।

 

माता पार्वतीले भगवान शिवको धेरै पटक विरोध गरिन् । तर शिवले पार्वतीको विचारलाई सधै सम्मान गर्थे । उनीहरु दुवै एकअर्कालाई धेरै प्रेम गर्थे । दुवैको लागि उत्तिकै सम्मान थियो । भगवान शिव माता पार्वतीको सधै प्रशंसा गर्छन् । भगवान शिव महाकालिको चरणमा रहेरपनि मुस्काइरहेका हुन्छन् ।यद्यपी शिवलाई क्रोध र उग्रताको प्रतिक मानिएपनि उदार रुपमा देखिन्छन् । एक पटक काली माता निकै डरलाग्दो भएर निस्किएकी थिइन् ।

 

कोही देव , राक्षस र मानवले उस्लाई रोक्न नसकेपछि सबैले भगवान शिवलाई कालीलाई रोक्न आग्रह गरे । तब शिवले कालीलाई रोक्न बाटोमा सुते । उनलाई रोक्न खोजे । तर महाकालीले त्यसलाई ध्यान नदिई शिवको छातिमा कुल्चिइन् ।कालीले जब शिवको छातीम खुट्टा राखिन् तब उनी शान्त भइन् ।शिव पार्वतीको पति मात्र थिएनन् उनी एक अशल गुरु र सबैको मित्र थिए । उनको रुप रंग देखेर उनलाई कसैलेपनि छोरी दिन चाहदैनथे ।

तर भगवान शिवको विषेशता नै यहि थियो की उनी बाहिर जस्तो देखिन्छन् भित्र त्यो भन्दा अलग छन् । निकै बुद्धिमानी, निश्चल, शान्त देवको रुपमा शिवलाई लिइन्छ । त्यसकारण अझैपनि युवतीहरुले भगवान शिव जस्तै पतिको चाह राखेर व्रत गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय