जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भित्री बस्तीमा पनि कडाइ गर्न सरकार र सुरक्षाकर्मीहरूलाई आग्रह गरेका छन् । निषेधाज्ञा जारी भएपछि मुख्य सडक सुनसान देखिएपनि मानिसहरू बढी बस्ने भित्री बस्ती तथा गल्लीहरूमा चहलपहल उस्तै रहेको उनले उल्लेख गरेका छन् ।

‘काठमाडौं उपत्यकाका सडक सुनसान छन्, भित्री बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ । हाम्रो टोलमा उस्तै चहलपहल छ । एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन,’ डा. पाण्डेले लेखेका छन्, ‘मुख्य सडकमा मान्छे बस्दैनन्, व्यापार गर्छन् । मान्छे बस्ने भित्री बस्तीमा हो । सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्री बस्ती र गल्लीभित्र गर्नुपर्दछ भन्ने थाहा होस् ।’

यस्तो छ फेसबूकमार्फत् डा. पाण्डेको सुझाव :

काठमाडौं उपत्यकाका सडक सुनसान छन् । भित्री बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ । हाम्रो टोलमा उस्तै चहलपहल छ । एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन ।

मुख्य सडकमा मान्छे बस्दैनन्, व्यापार गर्छन् । मान्छे बस्ने भित्री बस्तीमा हो । सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्री बस्ती र गल्लीभित्र गर्नुपर्दछ भन्ने थाहा होस् ।

भित्री बस्ती र गल्लीमा कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन ।

मिडियाले न्यूरोड, दरबारमार्ग, बानेश्वर तथा अन्य सडक देखाएर सुनसान छ नभनोस् । भित्री बस्ती र गल्लीको अवस्था देखाओस् ।

तीजको दर खान हिँडेका हुल देख्दा निषेधाज्ञाको अर्थ सरकारले बुझाउन नसकेको हो कि हामीले बुझ्न नसकेको हो भन्ने चिन्ता संशय उत्पन्न भएको छ ।

कडाइ नगर्ने हो भने निषेधाज्ञा लम्बिने डर हुन्छ । निषेधाज्ञा लम्बियो भने अन्य रोग र भोकले प्रताडित गर्नेछ । कडाइ गरौं, लम्ब्याउने प्रयत्न नगरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय