बिष्णुप्रसाद पोखरेल

एक्कासी बिहिबार नेपाली राजनीतिको तापक्रम ह्वात्तै बढेको छ । सरकारले निर्वाचन सार्ने गरेको निर्णय र निर्वाचन आयोगले गरेको अस्वीकारले अब के होला ? अन्योल सिर्जना भएको छ ।

बिपक्षि नेकपा एमालेको आपत्ति पनि यसमा रहेकाले राजनीतिक मोड अब जटिलता तर्फ मोडिएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नैतिक संकटमा फसेकाछन् । यदि आयोगले सरकारको निर्णय मान्ेन भने अब के हुन्छ ? आयोगले कुनै प्रतिक्रिया जनाएकोछैन सरकारको निर्णयको बिषयमा ।

तर बिहान छलफल भएको भन्दै पत्रकारहरुलाइ प्रेस बक्तब्य पठाएको छ । त्यसमा निर्वाचन सार्ने सहमति नभएर सुरक्षा प्रबन्ध राम्रो भएको र निर्वाचन गर्न सकिने भनेर सरकारले नै दूइदिन अघि भनेको कुरा उल्लेख छ ।

सरकारले निर्वाचन आयोगको सहमति बेगर नै मनोनयनको मिति सारेको छ तर आयोग बोृलेको छैन । आयोगले पूर्व घोषणा बमोजिम नै कार्यातालिका अनुसार काम गरिरहेको जनाएको छ ।

यस्तो अवस्थामा अब के होला ? आयोगले सरकारको निर्णय अस्वीकार गरेमा सरकारले महाअभियोग लगाउने बाटो रोज्ने छ कि प्रधानमन्त्री देउवा आफैले राजिनाम दिनु पर्नेछ । नैतिक संकट उत्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय