पत्रकार, जस्लाई राज्यले चौथो अंङ्ग स्विकार गरेको छ ।
उसोत मानव शरीरमा हुनेगरेका अलग अलग अङ्गहरु जस्तै राज्यपनी एक सिङ्गो शरीर हो र त्यस भित्र अर्थात राज्यभित्र अटाउन मिल्नेजति सबैथोक त्यस राज्यकै अङ्ग हुन् भनी मान्न सकिएला । तर त्यसमध्ये पनि गहिराइमा पुगेर केलाउँदा कुनै बिशेष हुन्छन् र तिनिहरुको अभावमा समग्र प्रणाली सन्चालनमै अबरोध हुन पुग्छ ।

लेखक: के बि महरा, कैलाली ।

लेखक: के बि महरा, कैलाली ।

शरीर सन्चालनमा केही बिशेष अङ्ग मुटु,फोक्सो जस्तै हाम्रो समाज अर्थात राज्य सन्चालनमा समेत केही महत्त्वपूर्ण अङ्गको परिकल्पना गरिएको हुन्छ । ब्यवस्थापिका , कार्यपालिका ,न्याय सम्पादन र त्यस पछि प्रेस अर्थात सन्चार ।
जब- जब राज्यका प्रमुख अङ्ग मध्ये कुनै एकमा मात्रै समस्या उत्पन्न हुन्छ त्यसले सिंगो राज्यप्रणाली लाई नै अबरोधमा पारिदिन्छ । उसोत नेपालको अस्थिर राजनिती र त्यसबाट प्रताडित समाजबाट उत्पन्न हुने प्राय: सबै अवस्था-ब्यवस्थाहरु मुलतः अस्थिरताकै भुमरिमा रुमलिएका छन् ।
यद्यपि जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि निस्कन्छ र निकालिनु पनि पर्छ ।

पछिल्लो समय राज्यका प्राय हरेक अंङ्ग निष्क्रिय प्राय छन् त्यो आम समाजले अनुभूति गरिरहेकै कुरा हो । तर उत्पन्न परिस्थितिको जिम्मेवारी हरेकले स्विकार्नु पर्ने नै हुन्छ र सम्भाव्य अवस्था आँकलन गरि सु- ब्यवस्था प्रतिरक्षाका लागि आम नागरिक सचेत बन्न जरुरी हुन्छ ।
नागरिक सचेतनाका लागि सन्चारले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ र जुन अपरिहार्य पनि हो । तथ्यगत र समालोचनात्मक भई हरेक आमसन्चार र त्यस सङ्ग सम्बन्धित सबैले भुमिका खेल्नु पर्ने हुन्छ । प्रेस आफैमा स्वतन्त्र र निश्पक्षताको परिकल्पना हो ।
तर कुनैपनी बिषयमा उठान गर्नु अघि- आग्रह/पुर्वाग्रह बिना फ्याक्ट सहितको समाचार सम्पादनमा जोड दिनु उनिहरुको दायित्व हो ।

पछिल्लो समय छिटो चर्चित बन्ने होडबाजिले गर्दा समग्र आमसन्चार क्षेत्रमै समस्या उत्पन्न भएको अनुभूति गर्न सकिन्छ ।
कुनै घटनामा अभियोजन पुस्ट्याई पछि मात्रै अभियुक्त सावित हुन्छ र कानुन संवत् निर्णय गरिन्छ तर त्यस अगावै लेखिने सब्दचयन र त्यस माथिको धैर्यता गुमाउँदा अर्थले अनर्थ लगाईदिन्छ र क्षणिक चर्चा बटुल्ने ध्ययेले गर्दा हल्लाको भरमा वास्तविकता गमन हुन पुग्दछ । झुटले श्रेय पाउँछ । त्यसैको पछिल्लो उदाहरण मध्ये एक गतिलो उदाहरण हो बैतडिकी भागरथी बलात्कार तथा हत्या काण्ड र प्रहरिले गरेको प्ररम्भिक अनुसन्धान अगावै अदालतले अभियोजन प्रमाणित गर्नु पुर्व अभियोग पुष्टि साथ लेखिएका समाचार ।

यसरी हतारमा र अनुमानमा लेखिने समाचारले न्यायिक र सभ्य समाजको परिकल्पनामा आघात पुर्याउने निश्चित प्राय छ ।
तसर्थ संचारकले श्रोताहरुलाई दिने वा प्रस्तुत गर्ने विषयवस्तु श्रोताको चाहना र आवस्यकता अनुरुप समसामयिक बिषयमा आधारित विश्वासिलो,भरपर्दो व्यबहारिक हुनुपर्छ ।
तथ्यमा आधारित वा श्रोताले स्विकार्ने वा ग्रहण गर्ने हुनु पर्दछ । यदि प्रस्तुत बिषयबस्तु शंकालाग्ने वा गफ र आदर्शमा आधारित भएमा त्यो निरर्थक हुन जान्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय