काठमाडौं । बलिउड सुपर्स्टार अमिताभ बच्चनले आफ्नो ब्लग मार्फत तस्वीर सार्वजनिक गरेका छन् । उनले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् ।बच्चनले सार्वजनिक गरेका उक्त तस्वीरमा उनको कानमा टेप जस्तो केहि देखिएको छ, जसका कारण उनको शल्यक्रिया भएको फ्यानहरुले अनुमान गरेका छन् ।बच्चनको स्वास्थ्य अवस्था बिग्रने भएपछि उनका फ्यानहरु चिन्तित थिए । यद्यपी उनको शल्यक्रिया भएको वा नभएको भने उनले खुलाएका छैनन् ।



