काठमाडौँ : विश्व हिन्दु युवा संघले हिन्दूवादी संघ संस्थाहरू एक भएर हिन्दू राष्ट्र पुनःस्थापना गर्न संकल्प गर्नु पर्ने समय आएको जनाएको छ । महाशिवरात्रीको अवसरमा संघले एक विज्ञप्ति जारी गर्दै हिन्दूवादीहरूले पनि ठूलो शक्ति निर्माण गर्नुपर्ने आवस्यकता रहेको औल्याएको हो ।संघका प्रवक्ता अनुराग शाहले जारी गरेको विज्ञप्तिमा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सयौं संघ संस्थाहरू क्रियाशिल रहे पनि पुनःस्थापना हुन नसकेको भन्दै हिन्दूवादीले आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको जनाइएको छ । हिन्दूवादी संगठनहरूबीच एकता हुन नसक्नु नै हिन्दूराष्ट्र पुनःस्थापना हुन नसक्नुको प्रमुख कारण रहेको विज्ञप्तिमा उल्लेख छ ।




