हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।सुरुवातमा जो पार्टनर राम्रो लाग्छ, उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् । ९० की दशककी बलिउडकी निकै चर्चित अभिनेत्री मनिषा कोइराला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ । उनले आफ्नो मनको ढोकालाई यसरी बन्द गरिदिएकी छिन् कि उनी अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् ।
‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’



