काठमाडौं । नेकपा एमाले संसदीय दलको शुक्रबार बोलाइएको बैठकमा पनि नआउने सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।त्यसका लागि दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लगिनेछ ।निर्वाचन आयोगले दिएको समय अझै केही दिन रहेकाले अहिले नै कारवाही प्रक्रिया अघि नबढाइएको एक सांसदले जानकारी दिए ।सांसद कृष्ण राईका अनुसार शुक्रबार बिहान साढे १० बजे बोलाइएको बैठकमा पनि उपस्थित नभए विधान बमोजिम अघि बढ्ने तयारी भएको छ ।त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक पनि बोलाउने तयारी छ ।



