मधेशमा बस्ने नेपाली जनता झगडा होइन, विकास र सामाजिक सदभाव चाहन्छन । मधेशका जनता अपराध, हिंशा होेइन, शान्ति चाहन्छन, मेलमिलाप चाहन्छन, विकास चाहन्छन । यी सम्पुर्ण कुरा एमालेबाट मात्रै सम्भव छ भन्ने तथ्य अव मधेसमा भ्रम रहेन । त्यसकारण जनता एमालेकै पक्षमा छन । मतदानका दिन त्यो तथ्यलाई सत्ताधारीको भ्रमले छोप्न पक्कै सक्दैन 

सुनिता बराल

लेखक सुनिता बराल

१५ वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन रहे । अहिले नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन भइरहेको छ । ६ वटा प्रदेशमा चुनाव सकिएको छ । प्रदेश नम्बर २ मा पनि असोज २ गते निर्वाचन मिति तोकिएको छ । यस वर्षको संविधान दिवस असोज ३ मा मनाउँदै गर्दा प्रदेश २ का जनता आफ्ना जनप्रतिनिधिको छनोटको परिणाम पर्खिरहेका हुनेछन् । निर्वाचन सम्पन्न भएसँगै गाउँ र नगरमा सामाजिक आर्थिक रुपान्तरण र विकासका कार्यक्रम शुरु भएका छन ।

निर्वाचनले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन बल प्रदान गरेको छ । मुलुकको राजनीतिलाई सही दिशा प्रदान गर्ने यो विशिष्ट अवसरमा नेपाली जनताले नेकपा एमालेलाई पहिलो पार्टी बनाएका छन । यसले जनतामा वृद्धी भएको राजनितिक चेतनाको स्तरसँगै आएको परिवर्तनले उनीहरुको जनप्रतिनिधी छनोटमा पनि परिपक्वता देखिएको छ ।

किन एमाले ? कसका लागि एमाले ? भन्ने कुरामा जनताको परिपक्वता झल्कियो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षामा एमालेको भूमिकालाई आत्मसाथ गरेका छन । अव प्रदेश नम्बर २ का जनताप्रति छरिएको भ्रम पनि अब चिरिएको छ । एमालेको पहिलो स्थान कायम गराउने कुरामा प्रदेश २ मा विश्वासका साथै दरिलो आत्मबल थपिएको छ । सत्ताको सम्पूर्ण शक्तिस सम्पूर्ण पार्टी एकातिर भएर निर्वाचनमा जाँदासमेत एमालेलाई पराजीत गर्न सकेनन । पहिलो चरणको चुनाव पश्चात केपी ओलीका नाममाा विभिन्न आरोप लगाएर कांग्रेसका जिम्मेवार नेताले नै रोइलोसहितको चिठी लेखेका थिए । अब के भन्दै होलान दिग्गजहरु खै ? बोलेको सुनिएको छैन ।

एमालेलाई मधेश विरोधी पार्टीको संज्ञा दिएर प्रोपोगाण्डा गर्नेहरु तराईका जिल्लामा आएको परिणामबाट आतंकित बनेका छन । कैलालीको टिकापुर जस्तो घटनाक्रमहरुले महत्वपूर्ण बनाएका स्थानको मत परिणामको बारेमा सत्ताधारीको समिक्षा सतहमा आउँदा जनताले शिर निहुर्याउनु पर्ने अवस्था छ । अबको समयमा समेत जनतालाई भौतिक वस्तुलाई झै खरिद बिक्रि गर्ने कुरा कसरी सकारात्मक परिणामका लागि सार्थक बन्न सक्छ र ?

मधेशमा बस्ने नेपाली जनता झगडा होइन, विकास र सामाजिक सदभाव चाहन्छन । मधेशका जनता अपराध, हिंशा होेइन, शान्ति चाहन्छन, मेलमिलाप चाहन्छन, विकास चाहन्छन । यी सम्पुर्ण कुरा एमालेबाट मात्रै सम्भव छ भन्ने तथ्य अव मधेसमा भ्रम रहेन । त्यसकारण जनता एमालेकै पक्षमा छन । मतदानका दिन त्यो तथ्यलाई सत्ताधारीको भ्रमले छोप्न पक्कै सक्दैन 

मधेशमा एमालेको सकारात्मक परिणामको संकेतसँगै पटक पटक पछाडी धकेलिएको निर्वाचन अब कुनैपनि बहानामा सर्ने छैन र नेकपा एमालेलाई पहिलो पार्टी बन्नबाट पनि कसैले रोक्न सक्दैन । अघिल्ला निर्वाचनहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा साच्चै सान्र्दभिक छन । के मधेशका जनताले सधै लडाई र झगडालाई बोकिरहनु पर्ने हो ? मधेसका जनता झगडा मात्रै चाहन्छन ? के सामाजिक सदभाव चाहदैनन् ? अवश्य पनि मधेशमा बस्ने नेपाली जनता झगडा होइन, विकास र सामाजिक सदभाव चाहन्छन । मधेशका जनता अपराध, हिंशा होेइन, शान्ति चाहन्छन, मेलमिलाप चाहन्छन, विकास चाहन्छन । यी सम्पुर्ण कुरा एमालेबाट मात्रै सम्भव छ भन्ने तथ्य अव मधेसमा भ्रम रहेन । त्यसकारण जनता एमालेकै पक्षमा छन । मतदानका दिन त्यो तथ्यलाई सत्ताधारीको भ्रमले छोप्न पक्कै सक्दैन ।

नेकपा एमालेको स्थानीय तह निर्वाचन, २०७४ का लागि निर्माण गरिएका घोषणा कार्यक्रम र योजनाको संगालोकोे बाहिरी कभरमा ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्म एमालेको सरकार’ लेखिएको छ । अहिले नेपालमा गणतन्त्रसँगै भित्रिएको संघीय राज्यमा ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा एमालेको अग्रता जनताको विश्वासको परिणाम हो । यो स्थानीय तहको निर्वाचनमा आएको परिणाममा प्रचण्डको पछिल्लो अभिव्यक्तिमा राजनितिक विश्लेषक र टिप्पणीकारहरुको बुझाई बाझिएको पाईन्छ । प्रचण्ड भन्दैछन, ओलीको पिठो बिक्यो, मेरो चामल बिकेन । तर विश्लेषकहरु भन्छन ओलीको भिजन जनताले बुझेछन, त्यसैले एमालेलाई चुने ।

छोटो समय सरकारमा रहेता पनि हुलाकी राजमार्गको लागि बजेट बिनियोजन गर्नदेखि मधेसमा रहेका जिल्ला सदरमुकाम भएका नगरपालिकामा थप ५० लाख अनुदान पठाउनुका साथै मधेशका दलित, आदिवासी र पिछडा वर्गको लागि उच्च शिक्षा निः शुल्क गर्न एमालेको नेतृत्वको सरकारको आवश्यकता भएको तथ्य प्रष्ट छ 

यहाँनेर प्रचण्डले बुझ्न पर्ने कुरा के देखिन्छ भने जनता राजनीतिप्रति सचेत र सुसुचित छन । उनिहरुलाई थाहा छ, जग बलियो बनाईयो भने घरको पर्खाल लगाउने बेलामा धेरै समस्या रहदैन । त्यसैले एमालेका प्रतिनीधि छनोटमा पर्नु स्वभाविक थियो । केही समय अगाडिको एमाले नेतृत्वबाट भएका पहलकदमी र अध्यक्ष केपी शर्मा ओलीको स्वाभिमानी, दृढ र निडर व्यक्तित्वबाट राष्ट्रियतामा पारेको सकारात्मक प्रभाव आज नेकपा एमालेको पूँजी हो । आजको समाज निकै विश्लेषणात्मक बनेको छ, यो निर्वाचनमा नेकपा एमालेको ५२ पृष्ठ लामो घोषणा वा प्रतिबद्धता पत्रमा ५३ बुँदा उल्लेख छन् । जसको अध्ययनबाट लाग्छ, एमालेको नेतृत्व नेपाली भूमीको भौगोलिक अवस्था र नेपाली जनताको वर्तमान आवश्यकताप्रति साँच्चै जानकार छ ।

विभिन्न शिर्षक नै छुटयाएर विकासका अवधारणा पस्किएको उक्त घोषणापत्रमा कमजोरी औल्याउन निकै मेहनत गर्नुपर्दछ । अहिले आम सरोकारको विषय भने नेपाली राजनितीमा संस्कारको रुपमा नै विकसित र बुझाई रहेको बोली र व्यवहारप्रतिको प्रतिबद्धता र इमान्दारितामा छ । नेतृत्वको भिजन र एमालेलाई जनताले गरेको विश्वासलाई निर्वाचित प्रतिनीधीले अझ बलियो बनाउन आवश्यक छ । छोटो समय सरकारमा रहेता पनि हुलाकी राजमार्गको लागि बजेट बिनियोजन गर्नदेखि मधेसमा रहेका जिल्ला सदरमुकाम भएका नगरपालिकामा थप ५० लाख अनुदान पठाउनुका साथै मधेशका दलित, आदिवासी र पिछडा वर्गको लागि उच्च शिक्षा निः शुल्क गर्न एमालेको नेतृत्वको सरकारको आवश्यकता भएको तथ्य प्रष्ट छ ।

नेपालमा कृषिको आधुनिकीकरण गर्न, हरेक प्रदेशमा विशेष औद्योगिक क्षेत्रको स्थापना गर्न, प्रत्येक प्रदेशमा मेडिकल कलेजको स्थापना गरि सबैको पहुँचमा मेडिकल शिक्षा पुर्याउन, साथै सडक विस्तार, रेल्वे आदीमा आत्मनिर्भरता ल्याउनका लागि पनि एमालेको नेतृव यो देशको आवश्यक छ । यसरी नै नेपालमा भएका असंख्य सम्भावनालाई सार्थक बनाउँनका लागि सबै दृष्टिकोणबाट महत्वका साथ हेरिएको प्रदेश नम्बर २ को निर्वाचनमा एमालेका उम्मेद्धारको विजय अकाट्य बनेको छ । जुन परिणाम स्वाभिमानी नेपाली जनताको गौरवको विषय बन्छ । साथै नेपालमा संमृद्धि र विकासको गतीले सही दिशा लिनेछ ।

(बराल अनेरास्वबियु कि उपाध्यक्ष हुन)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय