प्राकृतिक प्रकोप र यस्ले निम्त्याएको महामारी – के बि महरा,मलेशिया

मुलुकमा भुकम्प गएको झण्डै साढेदुइ बर्ष बितिसक्दा समेत अँझै पिडितहरुको पुर्णरुपमा व्यस्थापन हुन सकिरहेको छैन।सराकारी अनुगमन फितलो पारिदा राहातका कार्यक्रम बिचमै अलपत्र भै प्रभावकारी रुपमा पिडितहरुले अँझै राहतको अनुभव गर्न नसकिरहेका बेला मुलुकले फेरि एकपटक अतुलनिय क्षति भोग्नुपरेको छ।हालै मात्र आएको बाढी तथा पहिरोका कारण कतिपय मानिसहरु घरवार बिहिन हुनपुगेका छन् त कतिपय आफन्त गुमाउँदाको पिडाबाट रुमलि रहेकाछन् ।

थुप्रै जनधनको क्षति भएको छ,थुप्रै पशुपंक्षी हताहत भएका छन्।तराईँका अधिकांश जिल्लाहरु लगायत बिभिन्न पहाडि जिल्लाहरु समेत यसबाट प्रभावित भएका छन्।बाढि तथा पहिरोका कारण थुप्रै मानिसहरुका घरटहराहरु बगाएका छन्,धेरैले अकालमै ज्यानसमेत गुमाएका छन् भने तराईका अधिकांश क्षेत्रहरु पानीको अत्याधिक बहावका कारण जलमग्न भै डुवानले गर्दा धेरै मात्रामा खेतिबालिको क्षति भएकोछ।यस्तो बिपद्को घडिमा राहतस्वरुप सरकारले प्रभावित क्षेत्रहरुमा आफ्नो मातहतका विभिन्न संयन्त्र परिचालन गरिसकेको छ ।

पिडितको सहयोग स्वरुप देशबिदेस बाट समेत आफन्त नेपालि दाजुभाईहरुले पहल गरिरहेका छन् ।विभिन्न दात्री मुलुकहरुबाट समेत सहयोग भैरहेको अवस्था छ।केही दिन् यता बर्षातको कमि सङ्गै पानीको बहाव घटेका कारण पुनर्स्थापना तथा राहत बितरणकालागी अलि सहज भएको छ।

यो बिपद्का बेला कसैलाइ दुई छाक टार्नै हम्मे हम्मे छ त कोहि उचित वासस्थानको खोजिमा रुमली रहेकाछन्।यो जटिल अवस्थामा स्वास्थ्य क्षेत्र अति संबेदनसिल बन्न पुगेको छ ।यसप्रतिको बेवास्ताका कारण समस्या झनै बिकराल नबन्ला भन्न सकिन्न।प्रदुषित पानीका कारण कतिपय क्षेत्रमा महामारिजन्य रोगका लक्षणहरु समेत देखापर्न थालिसकेका छन् ।महामारिबाट वच्न तथा न्युनिकरणकालागी विशेष सजग बन्नु पर्ने देखिन्छ।

जसकालागी सरुवारोग सम्बन्धी ज्ञान बाँड्नुका साथसाथै झाडापखालाजन्य रोगको औषधि बितरण तथा लाम्खुट्टे हरुको टोकाईबाट बच्न उचित सुपानेट झुल लगायतका सामामग्री प्रभावकारी रुपमा बितरण गरिनु पर्ने देखिन्छ।साथै मरेगलेका सिनोहरुलाइ खाडलमा पुर्ने,पिउने पानीको मुहान सफा राख्ने साथै यस्ता खाले बिपद व्यबस्थापनको लागि सरकारी क्षेत्रबाट दिर्घकालिन योजनाहरु ल्याईनु पर्दछ। तपाईं हाम्रो सानो सहयोग बाट कसैको ज्यान बच्छ भने हातेमालोका लागि हामी किन पछि पर्ने,,?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय