-के बि महरा / मलेशिया
तिज हिंन्दु नेपाली नारिहरुको प्रमुख पर्व हो।परिवर्तित आजको समाजमा नेपाली नारिहरुले मनाउने गरेको यो पर्व र यसको मौलिकतामा देखा परिरहेको ह्रास तथा बिशेषतामाथि प्रश्न उठ्न थालेका छन्,र पनि यो पर्वको लोकप्रीयता भने दिनानुदिन बढ्दो छ।तिज पर्वका लागि हिन्दु नारिहरुको प्रचलन अनुसार कुनै एक विशेष दिन मनाईने भएतापनी बिगत केही बर्ष भने खासगरी शहरी क्षेत्रतिर करिब एकमहिना अघि देखिनै पार्टी प्यालेस हअरउमा अस्वभाविक तडकभडक देख्न पाईन्छ।विभिन्न भोज तथा कार्यक्रमको आयोजना गरि सन्चालन गरिने यो पर्वमा रमाईलो सङ्गै मधिराजन्री पदार्थको सेवनले, पर्वहरुमा बिकृतिहरु बढ्दैगएको आभाष हुन्छ।
बर्षदिनभरिको पीडा बिर्साउने,दिदिबहिनिहरु एउटै ठाउँमा भेला भइ भेट्घाट तथा रमाईलो गर्ने,सङ्गै नाचगान तथा खानपिनका साथै दु:ख सुख भलाकुसारी गर्ने गर्न पाउने हुँदा यो पर्वले समाजमा विशेष महत्व बोकेको छ ।जस्ले गर्दा समाजमा आफ्नो मौलिकता प्रती नजिकहुन मद्दत पुगेको छ।र पनि पर्वका नाममा पर्वका नाममा महिनादिन अघिदेखिनै गरिने तडकभडकले गर्दा समाजमा नराम्रो असर पारिरहेको छ।
यो एक सामाजिक पर्व पनि हो,हरेक घरपरिवारहरुले आफ्ना बिबाहित चेलिबेटिहरुलाइ आमन्त्रण गरि सम्पुर्ण परिवारका सदस्यहरु सङ्गै बसि खानपिन ,दु:खसुख भलाकुसारी गर्न समेत साईत जुराएको छ।यसरी बिबाह भएको लामो समयसम्म पराई घरमा बसेकी छोरी चेलिलाई आफ्ना बाबुआमा,भाईबैनी लगायत सम्पुर्ण परिवार सङगै बसि रमाईलो गर्नपाउने हुँदा यसको सामाजिक जिबनमा सकरात्मक प्रभाव देखिन्छ।
कामको चपेटाले भ्याईनभ्याई भएपनी एकदिनका लागि मात्र पनि छुटकारा पाउने गर्छन्।स-परिवार संङ्गै रमाईलो गर्ने,छोरी बहिनिहरुलाई एकसरो राम्रो लुगाफाटो दिने तथा बर्षभरिका पीडा भुलाउने राम्रो अवसर जुराएको छ।सहरी क्षेत्रहरुमा भने पर्वकै नाममा ब्यापारिहरुले उत्सबको आयोजना गरि आफ्नो कारोबार पनि गर्न थालेका छन्। हुनेखाने परिवारहरुलाई पर्वले राम्रै गरेतापनी अनावस्यक तडकभडकले गर्दा हुँदाखाने परिवारहरुलाइ भने नराम्रो असर परेकोछ।बिहान बेलुकाको दुईछा टार्न समेत धौ पर्ने वर्गहरुलाई भने यस्ताखाले पर्वहरुले पक्कै समस्यामा पारेको छ।
अनावस्यक तामझाम भन्दापनी मितब्ययी भै उपयुक्त तवरले मनाउन सकए झनै राम्रो हुनेथियो। तिजका नाममा जथाभावी घुम्ने,दरखाने बाहानामा आफ्नो स्वास्थ्यको ख्याल नगरि आवस्यक भन्दाबढी खानेगर्दा रमाईलोको साटो झनै अप्ठेरो पार्न सक्छ। तसर्थ तिज लगायतका पर्वहरुमा सामाजिक मुल्यमान्यता हरुलाई ख्याल गर्दै आफ्नो तथा परिवारको क्षमता अनुसार रमाईलो गर्नसके पर्वको रौनक अँझबढी लोकपृय तथा सुन्दर बनाउन सकिन्थ्यो कि?



