के. बि. महरा
कुनै बेला यस्तो समय थियो ,कि जतिबेला सायदै कमै मान्छे थिए होला जस्लाई नेपाल देशको नामै थाहा थिएन।बिस्वकै अग्लो शिखर सगरमाथाको देश,बुद्द्को देश ,बहादुर शिपाही गोर्खाली हरुको देश भनेर चिनिन्थ्यो हाम्रो देश।साँच्चै नेपाल देश नामैबाट कति शुन्दर र शान्त छ।सानो धरातलमै फैलिएको प्राकृतिक भिन्नता,विभिन्न जाती भाषिका मानिसहरुको बाहुल्यता बिचको अथाह सम्बन्ध र एकता साँच्चै कति शोभनिय छ।
फरक-फरक जिबनशैली बिचको समानता,सहकार्य र सद्भावको बिचार साँच्चै कति निश्चल छ यो भुमी।प्राकृतिक रमणिय दृष्टिकोणले कहिँ कतै नचुकेको स्वर्ग सरि एक भु- भाग हो यो।अग्रज हरुले तेसै भनेका रहेनछन्” नमरी स्वर्ग हेर्नुछ भने नेपाल आउनु” भनेर।विविध परिवेश बिचको एकता,बिरताका हिशाबले बिश्वमै प्रख्याती ,झुक्दै न झुक्ने नेपालको छोरो भन्न पाउँदा समेत स्वगौरब अनुभव हुन्छ ।Light of Asia भनेर विश्वमै प्रख्यात ती बुद्ध अनि उनी जन्मेको भुमी नेपाल ।तर दु:खका साथ भन्नू पर्छ आज उन्कै देशमा बिदेशिको ईसारामा घर भित्रै पसेर जन्ता मारिन्छन्,आफ्नै खेतको बाली सिँचाई गर्न भारतको अनुमती लिनु पर्छ त्योपनी डराई डराई,,,सोच्नुस् त तेति सम्पन्नता बाट आज यो कुन अवस्थामा आईपुगेका छौँ हामी? यस्को जिम्मेवार को ?असंख्य नदिनाला हाम्रै भुमी भएर बगेका छन् र पनि पानीकोलागी भारतकै अनुमती किन?,,
आज देश बाढिले डुबाउँदा चिच्याएर मर्नु सिवाय अर्को विकल्प छैन यहाँ,यस्को जिम्मेवार को ?
दैनिक उपभोग्य बस्तु ल्याउनु परे भारतकै भर, सिमानामा उस्कै दादागिरी यो सव सहन बाध्य पारिएका छौँ आज आम नेपाली जनता तेस्को श्रेय कस्ले लिने?
प्राकृतिक सम्पन्नताका हिशाबले सबैथोक हुँदा समेत किन यति पछाडी??
सायद यस्को प्रत्यक्ष परोक्ष जिम्मेवारी र दोष हाम्रो राजनितिलाई जाने गर्दछ।
राजनिती सिङ्गो राष्ट्र चलाउने नितीत हो र त्यो नै अरुको ईशारामै चलेछ।शक्तिको चरम दुरुपयोग तथा सत्ता राजनीतिका कारण देश अस्थिर भै परनिर्भरता निम्त्याईएको छ।आज यो देशका नेता भनाउँदा हरुले देश सन्चालनको अधिकार कतै अन्तै सुम्पेका कारण बिकराल अवस्थाको सृजना भएको हो। आफ्नो सत्ता जोगाउनकै लागि भारत सङ्गको हदै सम्मको लम्पसारवादका कारण त्यसको प्रत्यअक्ष परोक्ष असर नेपाली राजनितिमा देखा परेको छ।
आज आफ्नै देशमै शिर उच्चोपार्न नसक्ने अवस्था रहेकाबेला स्वाभिमानताको कुनै स्थान नै रहेन।तसर्थ जवसम्म राष्ट्रीय स्वाभिमान र आत्मनिर्णयको रुपमा पुर्ण सक्षम बन्ने कोसिस गरिँदैन देशको अवस्था झनै विकराल बन्ने निश्चित छ।तसर्थ
एक धर्ती पुत्रका नाताले आफ्नो मुलुक प्रतिको थोरै मायाँ आशाकासाथ अघि बढ्न ढिलोगरिनु हुँदैन।अब देश निर्माणको अविभारा तपाँई हामिजस्ता युवाहरुको काँधमा छ, तसर्थ हरेक राजनितिक घटनाक्रमको बारेमा नबुझी राजनितिक झोले बन्न बहिस्कार गर्दै रास्ट्रीय स्वाभिमानकालागि हातेमालो गर्ने कि ?



