देश संक्रमणकालिन अवस्थाबाट गुज्रीरहँदा रोजगारिका प्रयाप्त अवसरहरुको अवाभमा भौरातिँदै धेरै युवा जमात आज देश छोड्न बाध्य छन्। उचित अवसरको खोजी र सजाईएका अनेकौँ सपनाकासाथ जिउने कोशिसमा छन् नयाँ पिढिं । देशको राजनिक अस्थिरता तथा भौगोलिक बिकटता जस्ता अनेक कारणहरुले गर्दा यतिबेला देश निर्माणको प्रमुख शक्ति बिदेशिन बाध्यछन्। भविस्यमा केहि गरौँला भन्ने लक्ष्यकासाथ पढ्दैगरेका युवाहरु आर्थिक अवाभकै कारण यो बिकल्प अपनाउन बाध्य छन्।
दुईचार पैसाजोडेर आफ्नै मुलुकमा फर्केर केही गरौँला भन्ने सोचकासाथ परिवारको मायाँममतालाई लत्याउँदै बिदेशिन बिवस छन् थुप्रै आमनेपाली युवाहरु र पनि अर्काको मुलुकमा सोचेकोजस्तो त काहाँपो हुन्छ र,आफ्ना ईच्छ्याहरु कुन्ठित पार्दै सङ्गैका दौंतरिहरुको साह छोडेर जानुपर्दा पक्कैपनी नरमाईलो त हुन्छ नै र पनि क्षणिक खुसी भन्दापनि भविस्यको चिन्ताले पिरोलिरहेको बेला ती सबि भुल्न बाध्य हुन्छ नै,भविस्यको मीठो सपना बोकि क्षणिक खुसिलाई लत्याएर बिरानो मुलुक प्रवेश हुँदै गर्दा घरपरिवारको ममता र साथीसङ्गिको मायाँ त छँदैछ,नयाँ ठाउँको अनविज्ञताले केही समय रुमलिन्छ ।नौलो भुमिमा त्यहाँको हावापानी ,रहनसहन तथा बोलिभाषामा एक्कासी घुलमिलहुँन अलि समय लाग्छ। अनि दिनचर्या सुरु हुन्छन् कुनै कामबाट।
प्रक्रीया चलिरहन्छ, बेलाबेलामा घरपरिवारको मायाँले सताउने र आकुल पार्नेत छ नै दु:खसुखबिच महिनाको अनत्यमा तलब पाउँदा नपाउँदै घरपठाउने हतार हुन्छ।उता घरतिर भने एक्कासि अलि बढी रकम देख्दा अलिबढि खुसि मिल्छ र यसैलाई निरन्तरता होस् भन्ने चाहान्छन् उनिहरु । घरपरिवारकै खुसिकालागी आफ्ना इच्छ्या दबाउँदा दवाउँदै कतिपय डिप्रेसनको सिकार हुन पुग्छन् र कतिपय आत्महत्याको दु:खद बाटो रोज्न बाध्य हुन पुग्छन्। दैनिकी यसरिनै बित्दैजान्छ।महिना बित्छ,बर्ष बित्छ,हुँदै क्रमश:घरफिर्ने समय पनि नजिक-नजिक आउँदै जान्छ। यतिबेला नजिकका आफन्तहरुको अनायासै फोनसम्पर्कले झनै दिक्क बनाउँछ।दु:खका बखत मुखहेर्न समेत न रुचाउनेहरु पनि एक्दमै निकाटतम हुन खोज्छन् यतिबेला ।
जे-जती गरेपनि सबै आफन्त र साथिहरुको मन त कहां समेट्न सकिन्छ र,तैपनी हरसम्भव प्रयास गरिन्छ। अनि लामो अन्तरालको विदेश बसाई पछी छुट्टै सुनौलो सपनाको कल्पना गर्दै घर फर्किइन्छ। घरआइ पुग्दा न पुग्दै घरपरिवारमा निकटतम सम्झिएकी जिबन साथिको एउटै शब्दले गतिलो प्रहार तेतिबेला दिन्छ जब दुख गरि कमाएर पठाएको रकमको हिसाब मागिन्छ तेतिबेला पठाईएको रकमको नत कुनै लेखा जोखानै राखिएको हुन्छ नत ठोस जवाफ नै ।
अनि सुरुहुन्छ घरझगडाको,झगडा उग्र बन्दैजाँदा अन्तमा बिछोडको सङघारमा आईपुग्छन् र बिछोडिन्छन पनि,यसरी बर्षौँ लगाएर जोडेको सम्पतिको कुनै असतित्व नरहे पछिको भविश्य के होला सोच्नुस् त। त्यतिबेला न ती निकटतम जनाउने आफन्तहरुनै साथ दिन्छन् नत अन्य कोहि,यसरी एउटा सुनौलो सपनाको दु:खद अन्त हुन पुग्छ। यस तर्फ नत कुनै सम्बन्धित निकाय नै जानकार छ नत अन्य कोहि यस्ताप्रकारका सामाजिक समस्या हरुको दिर्घकालिन निराकरणकालागि सोच्नु पर्ने बेला भएन र!



