– के बि महरा
नैतिकता एक त्यस्तो उपज हो, जस्को मुलुक तथा भु-धरातलकै लागि अति महत्वपुर्ण र अनिवार्य देन तथा आवस्यकता रहन्छ।
शब्दकै आधारमा व्यबहारमा ल्याउन अति कठिन साबित हुनजान्छ यो ,र पनि यसले हाम्रो रितिरिवाज,धर्मसंस्कृती ,लेनदेन लगायत हाम्रो जीवन जिवित र अस्तितवमा राख्नकालागी अति महत्वपुर्ण भुमिका खेलेको छ।हाल देशको राजनिती क्षेत्रमा यसको आवस्यकता अंंझ बढी खड्केको महशुस गर्न थालियको छ,र यो स्वभाबिक पनि हो।ठाउँ,समय र परिस्थिती अनुसार यसको भुमिकामा केही भिन्नता भएतापनी यस्को आवस्यकता अनिवार्य ठहरिन्छ।यसले हाम्रो समग्र सामाजिक जिबनमा भौतिक रुपले गरिने क्रीयाकलाप हरुको अंग भएकाले त्यस भित्र आवद्द सम्पुर्ण मानवजातिको दैनिकी तथा कार्य सम्पादन जस्ता बिषयहरुमा कार्य विभाजन स्वत्: हुने/गरिने हुँदा उक्त तहमा सम्बद्द ब्यक्ती/पदाधिकारी हरुको भुमिका का बारेमा मुख्य प्रभाव राख्दछ।समाजमा सबै एकअर्का प्रती आधारित तथा परिपुरक नै हुन्छन।हरेक विषयमा सबै निपुर्ण हुँदैनन्,रहँदैन् पनि अत: सम्बन्धित बिषय/ कार्यको अनुभवको सहायता/आदानप्रदान कै आधारमा एकअर्का का तत्कालिन आवस्यकताहरु पुरागर्न संबन्धित बिषयमा सक्षम व्यक्तिको भुमिका रहन्छ।तथापी यसभित्रका गतिविधिहरु के-कति न्यायपुर्ण छन्/छैनन् ,त्यो प्रमुख बिषय हुन जान्छ।
जस्तै एक मानव शरीर र त्यसभित्रका संरचनाको हिसाबले कुनै एक अंगले राम्रोसंङ्ग काम नगर्दा या गलत तरिकाबाट प्रयोग गरिँदा त्यसको प्रतिफल असाधरण र कतिपय अवस्थामा नकरात्मक हुन जान्छ।तेसैगरी समाजमा एकअर्का संङ्ग सबै जोडिएका छन् र निर्भर पनि,किनकी मानव स्वत:एक सामाजिक प्राणी हो,अत: त्यसै भित्रको कुनै एक भुमिका/जिम्मेवारिका व्यक्तिले आफ्नो काम कर्तव्यका बिषयमा जान बुझ गरिने बिपरित काम /निर्णयहरुले गर्दा नकरात्मक असर/प्रभाव पारिरहेको हुन्छ।
एक वकिलको काम दुई झगडियाहरु बिच एकआपसमा मेल गराईदिनु हुन्छ।र पनि ऊ आफ्नो नैतिक आधार देखि तल रहेर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिकैलागि गलत बाटो रोज्न पुग्छ र यसरी एक निर्दोष ब्यक्ति माथी जानबुझ अन्याय हुन जान्छ।यसै गरि समाजका मार्ग निर्देशक ठहरिने व्यक्ती,संस्थाहरुले आफ्नो नैतिकता भन्दा तल रहेर यस्तैखाले गतिबिधी गरे समाज कहाँ जान्छ ?र तपाई हाम्रो भविस्यको सहि मार्ग के हुन जान्छ ?सोच्ने मात्र नभइ व्यबहरमा उतार्न जरुरी होईन र ?
यो लेखक को व्याक्तिगत विचार हो



