गरिबको दशैँ
-के बि महरा
यतिबेला मुलुक दशैँको हर्षोल्लासमा रमाएको छ।वरपर जताततै रङ्गिचङ्गी पारी सिङ्गारिदैछ।
यो पर्व विशेषत: हिन्दुहरु र अँझ भनौं आम नेपालिहरुको एक प्रमुख पर्व हो।सबै मानिसहरु दशैँ भव्य पार्न जुटिरहेकाछन् यतिबेला।घरमा बुढिआमालाई लिपपोत/रङ्गरोगनको चटारो,अनि उता दशैमा आउने पाउनाहरुको स्वागत साथै दशैँका लागि चाहिने आवस्यक सामाग्री जुटाउनकालागी उस्तै चटारो त छँदैछ,र पनि अँझबढी त ती स-साना भाईबहिनिहरु जो उक्त उमेरमा दशैँ तिहारको नाम सुन्नेबित्तिकै मन फुरुङ्ग भैहाल्छ मानौं सम्पुर्ण स्वर्गीय आनन्दनै यसैमा छ जसरी ।सबै आ-आफ्नै धुनमा मस्त व्यस्त देखिन्छन् यतिबेला।

के बि महरा
दशैँ बिदामा सबै आ-आफ्नो अफिस,कलेज,कार्यस्थल छोडि स-परिवार खुसी बाँड्न घर फर्किरहेका छन्।
यो रमाईलो पर्वकाबेला उता गरिबिको चपेटामा परेका कतिपय आम नेपालिहरुको दैनिकी भने अलि भिन्न छ।दशैँको रमाइलो त परै जाओस् बर्षभरिमा एकसरो लुगाफेर्ने,र एक गाँस मीठो खाने आसमा भोकप्यास नभनी दिनरात काममै ब्यस्त छन् उनिहरु।साँच्चै सङ्गैको छिमेकमा रहेको पल्लो घरमा मिठा मिठा खानाका परिकारहरु पाकिरहँदा,नयाँ लुगामा सबैजना सजिएर बसिरहँदा सङ्गैको छेउमा रहेको कुनै गरिब परिवारलाइ यसको असर कती गहिरोरुपले पर्दो हो ,,मनन् गरौँ त!
हाम्रो अति भड्किलो चालाले सङ्गैका ति स- साना बालबालिकाहरुको मानसपटलमा के बितिरहँदो हो भनी सोच्नुभएको छ?
आफ्नो भागको सानो अंश छुट्याई तिनिहरुलाई पनि दिन पाए साँच्चै त्यो मन कति फुरुङ्ग हुँदो हो!अनि ती खुशी मनहरुले दिल खोलेरै कति धेरै आशिक दिन्थेहोलान् !भगवानका नाममा गरिने ती सबै दान-धर्म साक्षात देवतारुपी मानवहरुलाइ दिँदा कति आनन्दानुभुती मिल्छ होला,सोच्नुभएको छ?
मीठो खाने र राम्रो लाउने आशमा कतिपयले जिवन जिउनै भुली सकेकाछन्।तपाईं हाम्रो सानो प्रयासबाट सिङ्गो समाजलाई नै खुशी मिल्छ भने किन ढिलो गर्ने,,?
सकरात्मक भावना राखौँ,समाज निर्माणमा योगदान पुर्याऔँ।यहाँ हरुको दशैँ शुखमय रहोस् हार्दिक शुभकामना।



