नेपाल एक सार्वभौम सम्पन्न मुलुक हो,त्यो भन्दापनि एक अविभाज्य राष्ट्र जो सदियौँ देखि दुई ठुला शक्तिराष्ट्र हरुका बिच अडिग छ।सभ्यताको सुरुवाति कालदेखि मुलुक विभिन्न चरण पद्दती पार गर्दै संघिय लोकतान्त्रीक गणतन्त्रको लामो राजनितिक यात्रामा स्थापित भैसकेको छ। मुलुकमा आज निरंकुस शासनको अन्त्य सङ्गै आम जनतासमेत राजनितिक क्षेत्रमा समेटिन पाएकाछन्।
लामो राजनितिक उथलपुथल पछि एक्काइसौँ सताब्दिको युगसम्म आईपुग्दा मुलुकमा ठुला -ठुला राजनितिक आन्दोलनहरु भैसकेका छन्,जसमा थुप्रै राजनितिक दलहरुको आ-आफ्नै भुमिका रहेको छ।
एक सानो स्वतन्त्र रास्ट्रका हैसियतले विश्व शान्ती स्थापनाकालागी मुलुकले धेरै ठूलो योगदान पुर्याउँदै आएको छ। तर पनि सम्मिलित राजनितिक दलहरुका क्रीयाकलाप तथा अस्थिर राजनितिका कारण बिकाशका कार्यले गति लिन नपाउँदा मुलुक अन्य बिकसोन्मुख राष्ट्रका अनुपातमा भने पछि परेको तितो यथार्थ छर्लङ्गै छ।
हाल मुलुकमा थुप्रै राजनितिक पार्टीहरु रास्ट्रवादी आवाज बुलन्द गर्दैछन्,प्रमुख कारण मुलुकमा यतिबेला प्रदेश स्तरिय चुनाव केहिमहिना लगतै हुँदैछ।सबैको दाउ आफै/आफ्नै दलले जित्ने छ तर वास्तविक जनता र देशकालागी एउटापनी राजनितिक दलहरुले ठोस कदम उठाउन भने सकिरहेका छैनन्, तरपनि बिभिन्न शभा-सम्मेलन हरुमा भने ठुलाठुला राष्ट्रबादि गफ दिन माहिर नेताहरु बिदेशीकासामु लम्पसारै पर्छन्,पाउ ढोग्छन् र बिन्तिपत्र चढाउँछन् अनि उताबाट तथास्तुको ईशारामा सबै फिट।
त्यसोभा ति राष्ट्रीय स्वाभिमान र स्वन्त्रताका नाममा छाँटिएको भाषण केका लागि थिए? साँच्चिकै देश र जनताकालागी नै थियो भने खोइत बिदेशी हस्तक्षेप रोकेको?
अन्तराष्ट्रीय मान्यता अनुसार दशगजा क्षेत्रमा दुवै मुलुकले कुनैपनी भौतिक वस्तु निर्माण गर्न पाउँदैनन् तर हाम्रो देशको सिमानामा भने दिनदाहाडै भारतिय सिमा सुरक्षाबल SSB हतियार सहित दशगजा पार गर्छ,नेपाली नागरिकहरुलाई यातना दिने तथा कुटपिट गरेर जान्छ तर सिमा वारिका नेपाली जनताहरु भने लाचार बनी हेरेरै बस्न बाहेक केहिपनी गर्न सक्दैनन्,किन ? त्यतिमात्र होईन सिमा-नजिक आफ्नो जमिन बचाउन खोज्दा सपूत गोविन्द गौतमहरु मारिन्छन्,कैयौँ देव नारायणहरु अपहरित हुन्छन् र नाटकिय मन्थन पश्चात रिहाइ गरिन्छन्,त्यो सब किन भैरहेको छ ?
एउटा स्वतन्त्र राष्ट्रमाथी किन हेपाह प्रवृत्ति ? अनि यस्ताखाले निन्दनिय गतिबिधी खोइ नियन्त्रण भाको ?किन तै चुप मै चुपमा हाम्रा राष्ट्रवादी राजनितिज्ञहरु ?राष्ट्र,राष्ट्रीयता अनि स्वाभिमान बेचेकै हुन् त ?नत्र भने भाषण छोड्नुस्,गरेको हेर्न चाहन्छन् आम जनताहरु अनि साथदिनेछन् हरेक राषट्रीयताका मुद्दाहरुमा।
अलिकती आत्मग्लानी छ भने कुनै राजनितिक दलहरुको नेता वा कार्यकर्ता बन्नु भन्दा पहिला एक सच्चा देशभक्त नेपाली नागरिक बनेर देखउनुस् अनि अर्थ रहनेछ तपाईले गरेको राजनिती र ती राजनितिक दलहरुको ,नत्र सत्ता बचाउन र भत्ता पचाउनकैलागी मात्र हो भने कुनै ब्यक्ती/ समुहको त समृद्दी होला तर देश कालान्तर सम्म पनि समृद्दिको साटो अँझ बढि चक्रब्युमा फस्ने निश्चित छ।



