करण चौधरी । दाउपेच के रहेछ भने अहिले एकता गर्ने, मर्न लागेको बुढो गोरुलाई यसो सन्जीवनी दिने । १५ सीट भएपछि एउटा शक्ति बनिन्छ । भोली एकताको बेला कुनै न कुनै बखेडा झिेकर अलग हुने । अनि आफ्नो गुट चलाइराख्ने ।
करण चौधरी । दुई महिना हुनुपर्छ, बाबुराम भट्टराईले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखे । मनमा लागेको कुरा नापजाँच गरी लेख्ने बाबुरामको बानी । उनले भने, “यो जुनीमा प्रचण्डसँग सँगै बस्न सकिएन”
त्यसअघि बाबुरामले माओवादी केन्द्र भत्किएको घर भन्दै त्यसलाई कुनै पनि कोणबाट टाल्न नसकिने आरोपसहित माओवादी छोडेका थिए । भित्री कुरा त के छ भने नयाँ शक्तिमा जानु अघि बाबुरामले प्रचण्डसँग एक दुई घण्टा छलफल गरेका थिए । अर्थात् बार्गेनिङ गरेका थिए । कुरा मिलेन, अर्को दिन उनी नयाँ शक्तितर्फ लागे ।

पछिल्लो पटक स्थानीय निर्वाचनमा नयाँ शक्तिलाई जनताले पत्याएनन् । एकाध स्थानमा, वडामा स्थानीय उम्मेदवारको लोकप्रियताका आधारमा नयाँ शक्तिका केही जिते तर समग्रमा जस्तो चमत्कारको आसा बाबुरामले गरेका थिए, त्यसो भएन । त्यही बेला बाबुरामको पार्टीबाट दैनिकरुपमा बाहिरिने क्रम बढेको थियो । कम्युनिष्ट र गैर कम्युनिष्ट पृष्ठभूमि भएका अधिकांश नेताहरुले पार्टी छोडेका थिए । तिनले पार्टी छोड्दा समेत बाबुरामको दम्भ कायमै थियो । उनले गम्भीर आरोप लगाएर देवेन्द्र पौडेललगायतलाई कार्वाहीको समेत कुरा गरे ।
तर यिनै बाबुराम प्रतिनिधि सभाको निर्वाचनको चहलपहल सुरु भएपछि लाजिम्पाट झुल्किन थाले । हिजो प्रचण्डसँग यो जुनीमा सँगै बस्न नसकिने भन्ने मानिस गोरखाबाट आफ्नो सीट सुरक्षित गरिदिन लाजिम्पाट धाइरहेका थिए । निकास निस्केको थिएन । उनको बालकोटको यात्रा समेत जारी थियो । माओवादीले सहयोग नगरेको खण्डमा एमालेबाट भएपनि समर्थन पाएर गोरखाबाट जित्ने दाउमा थिए बाबुराम ।
यही बीचमा चमत्कार भयो नेपालको राजनीतिमा । ओली र प्रचण्डबीच एकताको कुरा चल्यो । यो वाम एकता थियो, समाजवादमा पुग्ने प्रक्रियाको एकताको कुरा । कम्युनिष्ट दर्शनलाई मान्ने पार्टीहरुको कुरा । तर बाबुरामले सोचे– यै हो मौका, अब म पनि जानुपर्यो यो एकतामा । र, उनी अचानक टुप्लुक्क आइपुगे यो एकता प्रक्रियामा ।
सम्बन्धित् समाचार बाबुरामलाई खुला पत्रः लक्ष्मण खडका र मुकुन्द घिमिरे नबन्नुस् डा।साब
यी तिनै बाबुराम हुन, जसले नयाँ शक्ति छोड्दा माक्र्सवादी दर्शनले मात्र युग परिवर्तन नहुने बताइरहेका थिए । जसले जनयुद्दको विचारधारात्मक यात्रा समाप्त भएको घोषणा गरेका थिए । अब नयाँ विचार, नयाँ सोच, नयाँ पार्टी, नयाँ चिन्तनको आवश्यकता छ भनेर गैर कम्युनिष्टहरुलाई नयाँ शक्तिमा हुलिरहेका थिए । तर गोरखाको चुनावलाई केन्द्रमा बाबुरामले राष्ट्रिय सभा गृहमा लालसलामको मुद्रामा हात उठाए । अर्थात् लाज पचाए ।
कुरा समाजवादका गर्ने, कुरा वाम एकताका गर्ने, कुरा सामूहिकताका गर्ने तर सीट नमिल्दा यो प्रक्रियाबाट अलग हुन्छु भन्ने ? भोली पार्टी एकता भएपछि त्यतिखेर पनि भागबण्डा नै खोज्ने हो ?
बाबुराम लाज पचाउन सिपालु रहेछन् भन्ने सर्वत्र चर्चा भयो । माक्र्सवाद र कम्युनिष्ट दर्शन त्यागेका मानिस केही पाइन्छ र अस्तित्व जोगिन्छ भनेर सभागृहमा लालसलाम गर्न पुगे । वाम एकता ठीक छ भन्न पुगे । यो निर्लज्जताको पराकाष्ठा थियो ।
तैपनि वामएकतामा उनी सहभागी भए । उनको व्यक्तित्वका कारण धेरैले बिरोध गरेनन् । तर उनको यो एकता पछाडिको नियत भने झर्लंग देखियो ।
यो साता बाबुराम फेरी चर्चामा आए । बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग १५ सीटको बार्गेनिङ नमिलेपछि उनले फेरी घोषणा गरे– तालेमलबाट बाहिरिन सकिन्छ ।
त्यसो भए के खानका लागि लालसलाममको मुदा्र मुट्ठी उठाएको बाबुराम जी ? अहिले सबैको यही प्रश्न छ ।
कुरा समाजवादका गर्ने, कुरा वाम एकताका गर्ने, कुरा सामूहिकताका गर्ने तर सीट नमिल्दा यो प्रक्रियाबाट अलग हुन्छु भन्ने ? भोली पार्टी एकता भएपछि त्यतिखेर पनि भागबण्डा नै खोज्ने हो ?
नेकपा संयुक्त माओवादी केन्द्रसँग एकीकरण भयो । नेता गणेश साहले खुला दिलले भने– जो जितेपनि कम्युनिष्ट जित्ने हो, भोली एक हुनु नै छ भने अहिले किन झगडा ?
तर बाबुरामले कहिले सिक्ने यस्ता कुरा ?
दाउपेच के रहेछ भने अहिले एकता गर्ने, मर्न लागेको बुढो गोरुलाई यसो सन्जीवनी दिने । १५ सीट भएपछि एउटा शक्ति बनिन्छ । भोली एकताको बेला कुनै न कुनै बखेडा झिेकर अलग हुने । अनि आफ्नो गुट चलाइराख्ने ।
यो गम्भीर र हद दर्जाको अवसरवाद हो बाबुरामका लागि । आफूलाई पाए सबै राम्रो आफूलाई नपाए सबै नराम्रो ।
इतिहासमा बाबुराम एउटा गम्भीर अवसरवादी प्रवृत्तिका रुपमा देखिएको छ । र, यसको नियती दुर्घटनाबाहेक अरु केही हुन सक्दैन । खबर डबली बाट सभार



