मीन बहादुर पण्डित, हाल दुबई

चिनिया कम्युनिस्ट पार्टी र देशको नेतृत्व छान्नका लागि प्रतेक ५ बर्षमा आयोजना गरिने चिनिया जन-कंग्रेसको सम्मेलनले मावोको नीति परिमार्जन गर्दै २१ सौ सताब्दी सुहाउदो चिनिया परम्परा र बिसेसतामा आधारित सी जिङ्गपिङ्गको बिचारलाइ पाठेक्रम मै समाबेस गरेर सी ‘जिङ्गपिङ्गबाद’ लागु गर्ने नीति चिनिया कम्युनिस्ट पार्टीले लियो । एता एमालेले जबजलाइ अलिकता पनि व्यवहारमा उतार्न सकेन । जबज चुनाबी नारा मात्र भयो । मावोबादी पनि समय अनुकुल सिदान्त परिमार्जन नगरेर ‘’मावोबाद’’ मै अल्झियो । प्रजात्रान्त्रिक समाजबादको नारा बोकेर राजनीति गर्ने, अनि आफु मात्र भुडी भर्ने, देश बिकासको कुनै नीति र भिजन नभएको कांग्रेसको त् झन् के कुरा । प्रजात्रान्त्रिक समाजबादको अर्थ कांग्रेसले नै बुझेको छैन’ । जनता अलमलाएर राजनीति गर्ने मेलो मात्र भयो प्रजात्रान्त्रिक समाजबाद सब्द ।

भन्न खोजेको कुरा के हो भने, चिनिया रास्टपति सी जिङ्गपिङ्गको ”सी-जिङ्गपिङ्ग-बाद” जस्तै ”जबज-बाद” वा ”मदन भण्डारी-बाद” किन हुन् सक्द्दैन नेपालमा ? मदन भण्डारीले प्रतिपादन गरेको जबजमा उल्लेखित १५ बुदा देश बिकास गर्न प्रयाप्त छैन र ? जबजले कम्युनिस्टहरुलाई युद्ध बाट होइन, जनताको मन जितेर जनमत द्वारा पनि सत्तामा पुग्न सकिन्छ भन्ने पाठ सिकाएको छ । नत्र कयौ देशमा युद्ध बाट सत्ता कब्जा गर्ने लडाई चलिरहेको हुन्थ्यो र लाखौ मान्छेको ज्यान गइ रहेको हुन्थ्यो । त्यशैले जबजले त नोबेल पुरुस्कार पाउनु पर्थ्यो, तर मदन भण्डारीले मृतु पुरुस्कार पाए, अनि मृतु पुरुस्कार पाउनु पर्नेहरुले चाँही सरकार चलाए, त्यशैले नै देशको यो हाल भएको हो । आखिर जुन बाटो बाट सत्तामा पुगे पनि गर्नु पर्ने मुख्य काम भनेको देश र जनताको भलाइ र उन्नति नै हो । तर सत्तामा पुग्ने बाटो बैधानिक नै हुनु पर्दछ । सत्तामा पुग्ने बाटो बैधानिक हो कि होइन भन्ने कुरा समेत नबुझ्ने पार्टीले देश बनाउन कदापि सक्दैन । त्यशैले ससस्त्र युद्दको सिद्द्न्त बोकेका विप्लब लगायत सम्पूर्ण राजनीतिक जत्था सान्तिपूर्ण राजनीतिमा आउनुको बिकल्प छैन ।

चिनिया रास्टपतिले भने झै धन सम्पतिका लोभीहरु राजनीतिमा आउनु हुदैन, धन सम्पतिका लोभ गर्नेहरुले देश र जनताका पक्ष्यमा काम गर्न सक्दैनन । बाद र सिदान्तको लडाइमै दसौ बर्ष बिताउने अनि सत्तामा पुग्दा चाँही मनग्य सम्पति जोड्ने हो भने देश बिकास चाँही कहिले गर्ने ? नेता ज्यु पहिले इमान्दार भएर मातृभूमिको कसम खाएर आफ्नो बिगत र अहिलेको हालत तुलना गर्नुहोस । गल्ति र त्रुटीहरु आफ्नै आत्मालाइ ढाँटेर पनि के राजनीति गर्नु ? कमाउने भए ब्यापार गर्नु राजनीति होइन । राजनीति भनेको बिना लगानीको ब्यापार होइन । नेपालका कुनै पनि पार्टीका नेताहरु भ्रस्टचार गर्न बाट अछुतो छैनन्, कुरा यत्ति हो कुनै पार्टीमा भ्रस्टचारी कम छन् भने कुनैमा धेरै । नत्र न ब्यापार न जागिर कसरि जोडियो बंगला र गाडीको अनि अर्बौको सम्पति ? नेपालका एउटा सांसद र मन्त्रीको तलब जत्ति त् खाडीमा काम गर्ने मजदुरले पनि मज्जाले कमाउछन । तर खै त ति मजदुरका घर र गाडी ? अरु पार्टीका नेताले भ्रस्टचार गरे खैरो खन्ने तर आफ्नो पार्टीका नेताले भ्रस्टचार गरे चुइक्क नबोल्ने झोले कार्यकर्ता रहेसम्म भ्रस्टचार खतम हुन् सक्दैन । गल्ति गर्ने जो कोहि नै किन नहोस आलोचना गर्ने हिक्मत र साहस हुनै पर्दछ । नेतालाई सहि बाटो देखाउने गलत गर्नेलाई भोट नदिएर पाखा लगाउने काम त पार्टी कार्यकर्ता र जनताको हातमै छ ।

त्यशैले यी तथ्यहरुलाई मध्यनजर गरेर अब नेपालमा पनि नेपाली परिबेस र माटो सुहाउदो ”जबज-बाद” हुनु पर्दछ । एदी जबज नेपालको बिकासका लागि सहि र सक्तिसाली हतियार बन्न सक्दैन भने, नेपाली खुकुरी पनि सहि र सक्ति साली हुन् सक्दैन, अब हामीले बिश्व प्रसिद्द नेपाली खुकुरीको सट्टा बिदेशी चक्कु र तरबार प्रयोग गरे भइ हाल्यो नि ! त्यस कारण देश बनाउने बिदेसी बादले होइन, नेपाली श्रम, शिप, इमान्दारिता र इच्छा सक्तिले नै हो । देश बनाउने इमान्दारिता र इच्छा सक्ति भएमा जनसक्ति, प्रबिधि, बजेट र ठाउको कुनै कमि हुने छैन । हामि बर्षमा करिब ९ खर्बको समान विदेशबाट आयात गर्छौ । त्यशैले हाम्रो उत्पादनको पहिलो बजार हामि आफै हुने छौ । नौ खर्ब भन्दा बढीको समान नेपालमा बने मात्र हामीलाई बिदेसी बजार चाहिने हुन्छ । सबै कुरा त् अमेरिकाले पनि उत्पादन गर्न सकेको छैन, उसले पनि धेरै कुरा आयात गर्दछ । केहि कुरा आयात गर्नु र केहि कुरा निर्यात गर्नु आजको ग्लोबलाइजेसनको जमानामा सामान्य नै हो । तर बर्षमा नौ खर्ब रकम चुहाई रहने हो भने चाँही देस एकदिन कंगाल बन्ने छ । त्यसो हुनाले अब हामिले बिदेसी बादमा अल्झेर समय खेर फाल्ने मुर्खता गर्नु हुदैन । अर्को कुरा मदन भण्डारी निडर, इमान्दार, प्रतिभा वान र सच्चा देश भक्त नेता थिए । मदन भण्डारी कम्युनिस्ट नेता हुनाले ”जबज-बाद” ल्याउन वा लागु गर्न मुख्य जिम्मेबारी र भूमिका निभाउने काम पनि नेपालका कम्युनिस्ट पार्टीहरुकै हो । किनकि जबजमा देश बलियो बनाउने र देशलाई सार्बभोम राख्न्ने स्पस्ट नीति, बिसेसता र सिदान्तहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय