मिन बहादुर पण्डित

पाँच वर्ष एउटै व्यक्ति प्रधान-मन्त्री होस र स्थिर सरखार बनोस, अनि देशमा शान्ति र विकास होस भनेर बाम गठबंधनलाई भोट हालियो, जिताईयो l तर अहिले त भाग बंडा र आलोपालो प्रम खाने पो हल्ला छ त ? कुरा के हो ? यो त जनमतको सरासर अपमान हो ! यसले २ ब्यक्ति र २ पार्टीलाई फाइदा भए पनी मूलुकलाइ कुनै फाइदा गर्दैन ।

देस र जनता सम्पन्न  बनाऊँन गठबन्धन गरेको की २ पार्टी सम्पन्न  बनाऊन ? एदी प्रचण्डले यस्तो सर्तमा बाम गठ बन्धन गरेका हुन भने यो त सत्तामा जाने र प्रम बन्नका लागी मात्र गरिएको समंझौता रहेछ भन्ने प्रस्ट हुंछ । यसले प्रचण्ड त्यागी होईन सत्ताको लागी जो संग जस्तो सम्झौता  गर्न पछी नपर्ने नेता मात्र हुन भन्ने प्रमाणित गर्छ । यो जनमतको भावना र आसए बिपरीत भयो । जो सक्षम छ जसलाइ जनताले प्रम बन भंछ उसैलाइ बनाउनु पर्छ । प्रमको रुपमा प्रचण्ड भारत ज़ादा गरिएका सम्झौताका प्राय ज़सो सबै बुदाहरू विवादित बनेको थियो, त्यसैले प्रचण्ड प्रधान मन्त्रीका लागी योग्य ब्यक्ति हुदै होईंनन । ५ बर्ष ओलीले नै देश चलाऊन पाऊन ।

उनलाइ भाग बंडा गर्न बाध्य नपारियोस । बरू प्रचण्डलाई पार्टी अदक्ष्य वा रास्टपति दीनु, तर प्रधानमन्त्री पद भाग बन्डा  गर्न पट्टकै सुहाउदैन । त्यसैले एदी साढे दुई बर्समा आलो पालो गर्ने गरी समझदारी गरिएको भए त्यों गलत भयों । यो कुरा चुनाव अघि जनतालाइ किन भनिएन ? यो कुरा गोप्य राख्नुको चित्त बुझदो जवाफ जनतालाई दिनै पर्छ । जनताको नज़रमा बाम गठबन्धनको आसय एउटै सरकार ५ वर्ष भन्ने बुझिन्छ । तर साढे २ बर्षको आलो पालो एउटै सरकार ५ बर्ष भन्ने होईन ।

मावोबादी र एमाले पार्टी एकीकरण नै गरे पनी संसारको क़ुन देशमा छ एउटै पार्टीका २ ब्यक्ति आलो पालो गरेर प्रधानमन्त्रि हुने चलन ? यो कस्तो प्रजातान्त्रिक अभ्यास हो ? जनताले बहुमत दिदा पनी स्थिर सरकार चलाऊन नसक्ने वा नचाहने हो भने यो चुनाव पनी सिंडिकेटलाई संस्थागत गर्ने माध्यम मात्र हुनेछ । यो त कांग्रेस सकिए झै वामपन्थीहरूको पनी सकिने बाटो मात्र हो । संसारका क़ुन देसक़ा पार्टीहरूले आफ्नो पार्टीले चुनाव जित्दा प्रधानमन्त्री पद भाग बंडा लगाउछन ? यसको जवाफ दिन सक्ने कोहि छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय