– के बि महरा / करन
देशका एक होनहार युवा पत्रकार रबि लामिछाने ,जसलाई देशको एक ईन्ची सिमाना तलमाथी हुँदा समेत निँद भोक नभनी मातृभुमिको रक्षार्थ तड्पिँरहँदा सरकार,कथित राष्ट्रवादी भनाउँदा दलहरु र तिनका झोलेहरु तेरो प्रदेशको राजधानी त्याँहा र मेरो यहाँ हुनैपर्छ भन्दै ढुंगामुढा गर्नमै ब्यस्त छन्।पटक्कै चिन्ता छैन तिनिहरुलाई देश रोईरहँदा,पुस्तौँ देखिको नापी जमिन सरकारकै रोहबरमा भारतलाई सुम्पिँदा रोईरहेका नागरिक हरुको आँशुले कदापी छुँदैन । मातृभुमिको हरण हुँदैगर्दा तेसैमाथी रजाँई गर्न पल्केकाहरु जनता एक आपसमा भिडाउँदै आफू नतमस्तक भै रमिते बनिरहेका छन्।

सिंङ्गो देशै बिदेशी शक्तिहरुको आडमा बेचिरहँदा हाम्रा नेता भनाउँदा जन्तुहरु प्रदेशको राजधानी मैले भनेकै ठाउँमा हुनुपर्छ ,यदि अन्य स्थान सारिए जे पनि हुनसक्ने भन्दै गैह्र जिम्मेवारपुर्ण अभिब्यक्ति दिई रहेका छन् ।बुज्न नसकेको या बुजाउन नसकिएको कुरो,आँखिर प्रदेश राजधानी जाहाँ जुनसुकैको नजिक बनाईएतापनी त्यो नेपालनै होईन र ? आज तिमि जुन प्रदेशका लागि लडिरहेकाछौ ,आफु-आफैमा मारपिट गरि रहेका छौ,एकदिन नजिकैको दुष्ट छिमेकिले ती सबै आफ्नो कब्जामा हरण गरे कस्लाई माग्छौ राजधानी ? काहाँ जान्छौ कराउन ? कम्तिमा साधारण रुपबाटै बुज्नेहो भनेपनी आफ्नै घरको मनपर्ने एउटा कोठा पाउनै पर्छ भनी जिद्दी गर्दा भाईभाई बिचको झगडाले घरपुरै खरानी बने के गर्छौ ? त्यो एक कोठाको लागि पुरै घर गुमाउँदाको अवस्था कल्पना गरि हेर त !कोठा पाउनलाई त्यो घर पनित अस्तित्वमा रहन उत्तिकै आवस्यक हुँदैन र ?

देशको अस्तित्व रक्षार्थ बलिदानी दिएका ती शहिदहरुको रगतले सराप्ने छ एकदिन् ,अनि देश भन्दा पहिला तिमी अस्ताउनेछौ कहिल्यै उदाउनै नसक्ने गरि !

मातृभुमी बचाउनकै लागि आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथी उठेर आवाज उठाउँदा उठाउँदै हिँजोका दिनमा बिरगती प्राप्त गरेका हजारौँ गोबिन्द गौतमहरुको रगतले सराप्नेछ तिमिहरुलाई ।ती अबोध बालबालिका हरुको आँशुले पिरोल्नेछ तिमी हरुलाई,लाउँलाउँ र खाउँ खाउँ भन्ने उमेरकी बिधवा चेलिको सिउँदोले तिम्रो भविस्यको सिउँदो सदाकालागी उजाड पारिदिनेछ अनि !

एक स्वतन्त्र मुलुक ,जसले कहिल्यै कसैको हैकम मान्नु परेन,सदा उच्च स्वाभिमानका साथ ठडिरह्यो !पुर्खाहरुले देशको सिमा रक्षार्थ ,दशकौँ बर्ष ज्यानको आहुती दिए र आजको मुलुकको अस्तित्व दावी गर्न पायौँ ,तर आज तेहि मुलुकमाथी अनेक दुश्चक्रहरु रचिँदैछन्।अनेकन बाहानमा देशको जरो कमजोर पार्ने षडयन्त्रहरु भैरहँदा हामी एकाअपसमै कहिले सम्म लड्ने ? भोलि यसैगरी स्वाभिमानकासाथ बिस्वमा रहेको हाम्रो बिशिष्ट पहिचान गुम्दा हाम्रो अस्तित्व कुन धरातलमा पुग्नेहो कल्पना गरि हेरेकाछौँ ?
“नेपाली हामी रहौँला काहाँ नेपालै नरहे ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय