प्र.म.ओलि लाई प्रवासिको खुला पत्र
सम्माननिय प्रधानमन्त्री के पि ओलि ज्यु, नमस्कार
खाडिको तातो हावाले पोलि रहेका हातका यी कोमल औँला हरुले जानी नजानी एउटा पत्र कोर्ने निधो गरेको छु।आशा छ,सहजै स्विकार्नु हुने छ ।
म लगाएत थुप्रै युवाशक्ती खाडिको तातो घाममा रातदिन नभनी कठोर परिश्रम गरिरहँदा देशले नयाँ प्रधानमन्त्री पाउँदै गरेको क्षण एकछिन मात्र भएपनि ती सबै पिडाहरु भुलाईदिएको अनुभूति गरेको छु।
हो मलाई आशा,भरोषा अनि बिश्वास पनि छ तपाईं प्रति ,अनि म जस्ता थुप्रै युवाहरूको अनुहारमा मलिन हाँसो मुस्कुराउन खोजिरहेको छ।तीन करोड नेपालिहरुको मन मस्तिष्क मा रहन सफल तपाईले पक्कैपनी घरमा छोडी आएका ती बृद्द बुवाआमा हरुको आँसु र नचाहँदा नचाहँदै बिदेशिनु परेको पीडा बुझिदिनु हुनेछ र थोरैमात्र भएपनि आफ्नै देशमा केही गर्न सक्ने वातावरणको निर्माण गर्नु हुनेछ ।
आज देशले ४१औँ प्रधानमन्त्री पाउँदै गर्दा थुप्रै आशाका किरणहरु उदाएका छन्। रोईरहेकी ती नेपाल आमा छटपटाहटमै एक्कैछिन मात्र भएपनी सम्हालिने ईशारा गरिरहेकी छिन्। दुष्ट छिमेकि र अशल छिमेक बिचको तारताम्य मिलाउँदै राष्ट्रलाई अग्रगामी दिशातर्फ लैजानु हुनेछ भन्ने आशा तपाईं माथि थियो,जुन पूरा गर्ने दिन आईसकेको छ ।बिगतमा भोग्नु परेका नाकाबन्दी र त्यसबाट नेपालिहरुले भोग्नुपरेको आम सास्ती सदाका लागि अन्त्य गर्नुहुनेछ ,बर्षेनि डुबान हुनेगरेका बस्तिहरु को डुबान नियन्त्रणका लागि बाँध हरुको उचित ब्यबस्थापन गर्नुहुनेछ।अनि दुई छिमेकी राष्ट्रहरु बिचको खुला सिमाना सु-व्यबस्थित र सकभर तारबारको व्यबस्था मिलाउनु हुनेछ । शताब्दिऔँ अघिको स्वाभानी नेपाली शिर कहिल्यै झुक्न दिनुहुने छैन।हिँजोका दिनमा गरिएका/देखाईएका परिकल्पना हरुलाई मुर्त रुप दिनुहुनेछ,देशका नौ-जवानहरु दोश्रो मुलुलको रक्षार्थ स्वार्थ पुर्तिमा हुँदै आएको दुरुपयोग लाई बन्द गराउनु हुनेछ र स्वदेशमै युवा शक्तिको अधिकतम प्रयोग मार्फत देशलाई समृद्धिको दिशातर्फ डोर्याउनमा मुख्य भुमिका खेल्नुहुनेछ,साना लाई ऐन,ठुलालाई चैन को अवस्था बन्द गराई देशमा पुर्णतया बिधिको शासन लागू गराउनु हुनेछ।साथै विभिन्न समयमा बेचिएका नदिनाला हरुलाई फिर्ता र देशको हित बिपरित गरिएका सबै सन्धी सम्झौताहरु पुनरावलोकन तथा खारेजी गर्नु हुनेछ।
पढेर सक्षम भै देशका लागि केही गर्छु भन्ने सपना हुँदाहुँदै देशमा बढ्दो बेरोजगारी तथा राजनितिक संक्रमणलाई स्विकार्दै लेखपढ गर्ने उमेरका कलिला यी हातपाउ लाई केही बर्षका लागि बिराम् दिँदै बृद्द आमाबुवाहरुको मुहारमा मुस्कान ल्याउने संकल्प बोकि बिदेसिन बाध्य मैले यो भन्दा बढी जान्ने ,बुझ्ने अवसर काहाँ पाएको छु र ,,जे भएता पनि बाँकी, देश र जनताको हितका लागि योगदान दिँदै समृद्धिको सपना पूरा गर्नु हुनेछ भन्ने पुर्ण आशाबादका साथ जानी – नजानी कोरिएका शब्दहरुमा कहिँ कतै गल्ती ,त्रुटी भए माफ गर्नुहुनेछ भन्दै आजको पत्र, बिट मार्ने अनुमती चाहान्छु ।
उहीँ,खाडी लाहुरे
– के बि महरा,कैलाली
हाल मलेशिया



