सुबास सुबेदी 

“यति धेरै छोराछोरी रहेछन हाम्रा, हामीलाई खाना खुवाउन आए, हाम्रा यस्ता छोराछोरी भए कस्तो हुन्थ्यो होला भगवान ? तिमी हरुलाइ धेरै धेरै आशीर्वाद लागोस नानी हो।” यी शब्दहरू सुन्दैगर्दा मेरो मुटुमा कतै गांठो परेजस्तो भैरहेको थियो, जुन एक बृद्ध आमाले बोलेका शब्दहरू हुन।

खाना बनाउने घरकै छेउमा आश्रय लिएर बसेकी एक आमा भन्नुहुन्छ , “के गर्नु सन्तान पनि त्यस्तै जन्मिए, तिमीहरू जस्ता भएनन, बुढेसकालमा मलाइ हेर्ने कोहि भएनन नानी, धन्न विश्रान्तिले साथ दिएको छ।”


खाना खान थाल थाप्दैगर्दा अर्कि एक आमा भन्नुहुन्छ , “बाबू भगवान बिष्णु लक्ष्मि को अवतार भएर तपाईं हरुको अन्नमा वास होस। मनले चाहेको पूरा होस”

कति जाती बाबुहरु त, एउटि आमाले खुशी थाम्न नसकेर एकजना साथिको गालामा म्वाइ नै खाइदिनु भयो।


यी सन्दर्भ हरु
दुई बर्ष अगाडि देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको Friends for life नामक फेसबुक समुहले, आफ्नो दोस्रो बार्षिकोत्सव मनाउदै गर्दाका हुन। देशका अन्य विभिन्न स्थानहरु साथै विदेश मा पनि ffl ले आफ्नो बार्षिकोत्सव मनाएको थियो, जसमध्ये माथिका हरफहरु FFL Jhapa टिमले विश्रान्ती वृद्धाश्रम तमोरमा ४८ जना वृद्ध वृद्धा लाई खाना खुवाउने बेलाका स्मृति हरु हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय