महत्वाकांक्षी निर्णय र सस्तो लोकप्रीयता
– करन महरा/ केबि
वर्तमान समयमा देशले थुप्रै आरोह अवरोहका बिच विभिन्न तीन चरण पद्धतिका निर्वाचन पूरा गरि मुलुक पुर्णतया संघियतामा रुपान्तरित भएको छ । देश बिकाशकै लागि भनेर ,समृद्धिका लागि भनेर ।
समय परिवर्तनशिल छ,सोही अनुरुप समग्र राष्ट्रको स्वरुपमा समेत परिवर्तन ल्याईनु पर्दछ,त्यो समयकै माग हो ।अंझ भनौ मुलुकको अपेक्षा हो ।भावी सन्ततिको भविस्य सुनिश्चितता संगसंङ्गै समग्र मुलुकको हितका लागि र मुलुककोअस्तित्व बचाउका लागि पनि ।
मुलुकले नयाँ संबिधान को अविभारा पूरा गराउनकालागी विभिन्न तह-हरुमा विभिन्न ब्यक्तिहरुलाई जिम्मेवारी दिई पठाईसकेको परिप्रेक्ष्यमा पछिल्लो समय एकदुई स्थान बाहेक अन्य ठाउँहरुले सोचेजस्तो बिकासमा प्रगती गर्न सकिरहेका छैनन् । तेसैमा कर्मचारी तन्त्रको किचलो´त छँदैछ।
पछिल्लो समयमा मुलुक बनाउने अविभारा सहित उपल्लो दर्जामा पुगिसकेका थुप्रै सुकिला- मुकिला अनुहारको चुर्तिफुर्ती हेर्न लायककै छ, तर के मुलुकको पछिल्लो आवस्यकता तेति मात्रै होत ? के तेतिले मात्रै बिकाश सम्भव होला र ? यस्ता थुप्रै खालका प्रश्नहरु जन्मिसकेका छन्। समयको पदचाप संङ्गै ती प्रश्नहरुले यथोचित जवाफ अवस्य पाउनेछन् नै, तर यावत कुराहरुमा समयमै सजकता अपनाउन सकिएन भने मुलुकले ठूलो मुल्य चुकाउनु पर्ने निश्चिति प्राय छ ।
उच्च ओहोदाका विशिष्ट ब्यक्तिहरुले सार्वजनिक कार्यक्रमहरुमा बोल्दा आफ्नो लिमिट्स बिर्सेकि, भन्ने आभाष सायद सबैलाई भएकै हुनु पर्छ तर गर्नेलाई वास्तै छैन,देख्नेलाई के- को लाज भने जसरी टुलुटुलु हेरेरै बस्नेहो भने अवस्य हाम्लाई मूर्ख बनाई छाड्नेछन् तिनैले,जस्को बिस्वास आफुभन्दा बढी मानेर नै त्यो स्थानसम्म ल्याईपुर्याउने तपाईं हामिनै हौँ ।
ठुला सभा समारोह हरुमा ठुलै फुर्तिका साथ झुटा सपनाहरु बाँड्न पल्केका तिनै सुकिला मुकिला अनुहार हरुले देशको यो गति बनाईसके तर पनि हामी अँझै होशमा आईसकेका छैनौं या चेतना गुमाईसक्यौँ । सस्तो लोकप्रियता ले मात्रै मुलुक समृद्द कदापि सम्भव छैन तर केही गर्नु भन्दा पहिला सपना देख्न नितान्त आवस्यक छ तर सामर्थ्य र सम्भाव्यतालाई ख्याल गरेर मात्रै ।
मुलुक बिकाशका मुद्दाहरुलाई ठुला ओहोदामा बस्नेहरुले मजाक र कमाईखाने भाँडोका रुपमा जुन तरिकाले प्रयोग गर्दै आईरहेका छन् त्यसको मुल्यांकन भने आम स्तर बाट थाल्नै पर्छ ।भाषण र गफ छांट्दैमा मुलुक समृद्द बन्ने अवस्य होईन तर मर्यादा बिपरित आफुखुशी बोल्नेले कस्तो खालको समृद्द नेपालको सपना बाँड्न खोजेका हुन खै ?
अनि हामी जनता तेस्तैलाई बिस्वास गरि बस्नेले कुनखाले बिकासमा कत्रो छलाङ्गको अपेक्षा गरि बसेका हौँ खै ? बुज्न नसकिएको कुरो !



