निर्मल भट्टराई
पाँचबर्षसम्मशासनगर्ने म्याण्डेट पाएको सरकारले आफ्नाकामहरुलाई व्यवस्थित र तीब्र बनाउदै गरेको आभास हुनथालेको छ । धीमागतिमाकाम शुरु गरेको सरकार नीतितथाकार्यक्रम र बजेटको काम सकिएलगत्तै देशमा केही पद्धतिको विकास गर्ने गम्भिर योजनाबनाउनलागेको सरकारका बरिष्ठ मन्त्रीहरुले बताएका छन् । व्यक्तिको मुखताक्ने तर नियमकानून र पद्धतिलाई नमान्ने आम नेपाली परम्पराले बिग्रिएको देशलाई सहीमार्गमा हिडाउन केही समय लाग्ने निस्चित छ ।
आफूले बनाएको संविधान, ऐन, कानून र सरकारले जनताको हितमाबसाएको पद्धतिलाई सबैले गर्वका साथ परिपालनागर्न शुरु गरेको दिन यो देश स्वर्ग हुनेछ । तर दुःखका साथभन्नु पर्छ—जनताआफैले पाँचबर्षकालागिनिर्वाचित गरेको सरकारको अवधिपाँचमहिनापनिनपुग्दै त्यसलाई छिःछिः दुर दुर गर्न शुरु गरिन्छ । सधियारको, श्रीमतीको, अंशबण्डाको, लेनदेनको, खडेरी परेकोलगायतका रिस समेत सरकारमाथिपोखिन्छन् ! मानौं सरकार गालीगर्ने साधनहो, तारो रेञ्ज हो !

निर्मल भट्टराई
बजेटको विरोध
यसपालीको बजेट यस्तो आयो सत्तापक्षका सांसदले घोर विरोध गर्ने, विपक्षले बजेटको बारे चुईक्कनबोल्ने । एक बर्षको बजेटले जनताका सबै अपेक्षा पुरा गर्न सक्ने अवस्था छैन । कुनै दिनदातृनिकायले एक पैसो ऋण वाअनुदाननदिदापनि देश आफ्नै बलबुताले चल्नु पर्ने अवस्थापनिनआउलाभन्न सकिन्न । ऋण र अनुदानले हाम्रो स्वाधीनतालाई संकटमा पार्दै आएको छ । उनीहरुको योजनामाचल्नुपर्ने । आजएकातिर देशकोबजेटलाई पहुच र शक्तिबाट मुक्त गरेर समग्र देशको योजनाबद्ध, दीर्घकालीन र प्रतिफलदिने गरीखर्च गर्ने चुनौति छ भने अर्कोतिर भोट बटुल्न विगतमा बजेट छर्ने परम्पराको समेत गर्नु पर्नेछ । त्यसो भएमात्रप्रधानमन्त्रीले “जन्ते बाख्रो बाँड्दा कसैलाई चोक्टैचोक्टा र कसैलाई झोलैझोल पर्छ” भनेर आफ्नै दलका सांसदहरुलाई थुम्थुम्याउनु पर्ने छैन ।
स्वास्थ्यविधेयक र डा.केसीको अनसन
हाम्रो देशकाविधि र पद्धतिले शासननगर्ने हुनाले नेताभन्दाकार्यकर्ता शक्तिशाली र कार्यकर्ताभन्दानागरिकशक्तिशाली छन् ।एक नागरिक डा. केसीले भनेको कुरा मात्र नेपालको स्वास्थ्य क्षेत्रमा राम बाण हुन सक्दैन । निजी मेडिकल कलेज, अस्पतालको स्थापनामातोकिएको मापदण्डमा कडाई गरेर लागू गर्ने हो र प्रभावकारी अनुगमनको व्यवस्थालागू गर्ने हो भने नेपालमा मेडिकल कलेजको संख्या बढ्दा नेपाललाई फाईदा हुन्छ । मेडिकल अध्ययनगर्न सयौंको संख्यामाविदेशिने विद्यार्थीलाई त रोक्न सकिन्छ नै, भारत, चीन र अन्य मुलुकबाट प्रसस्त विद्यार्थी मेडिकल अध्ययनगर्न भित्रिन सक्छन् ।
यहाँ एक घटनाको चर्चा गर्नु सान्दर्भिक होला । प्रथम संविधानसभाको चुनावमा पराजित भएपछि तत्कालीनएमाले महासचिवमाधव नेपालले नैतिकताको आधारमा राजिनामा दिएपछि झलनाथखनाल पार्टीको महासचिवबन्नुभयो । उहाँको प्रमुख स्वकीय सचिवको रुपमा मैले जिम्मेवारी समाल्नबल्खु पुगेको दिनअफिस मिलाउने क्रममा मेरो टेबुलमा एउटा खाममाभारतीय दुतावासबाट आएका पाँचवटा चिट्ठी फेला परे । पत्रमा लेखिएको थियो—“तपाईंले सिफारिस गरेकाविद्यार्थीलाई यस पटक मेडिकल क्षेत्रमा छात्रवृत्तिदिलाउन सकिएन ।” पत्र पढेपछि मेरो मन अमिलो भयो । जे कुरा पनिजोसंग पनिमाग्नु पर्ने हाम्रो वाध्यता देखेर विरक्त पनिलाग्यो । त्यसको करिब दशबर्ष पछि पोहोर साल उडिसाको एक मित्रले मलाई फोन गरेर भन्यो—“मेरो छोरीले दुईबर्ष मेहनत गरेर नेपालगञ्ज मेडिकल कलेजमाएमविविएसमानामनिकाल्नसफलभई । होस्टेल पाउन धेरै गाह्रो रहेछ । तपाईंले केही सहयोग गरिरिनुपर्यो ।” मलाई फोन सुनेर विछट्टै खुसीलाग्यो । नेपालको मेडिकल अध्ययनअध्यापनले छोटो अवधिमा गरेको विकासलाई सबैले झन राम्रो वातावरण बनाउनु पर्नेमा डा.केसीको रोड्याईं र विगतदेखि अहिलेसम्मका सरकारहरुको बलमिच्याईंले यो विकास तहस नहस हुने खतरा बढ्दै गएको छ । डा. केसीको निरन्तर अनसन बस्ने उर्जा कहांबाट आएको हो एकदिन त अवस्यखुल्ला नै ।कुनैबेला नेपालविद्यार्थी संघका केन्द्रीय नेता डा. गोविन्द केसी अहिले प्रतिपक्ष नेपालीकांग्रेसका हट केक बनेका छन् । र, त्यो हट केकलाई मोडलिङ कांग्रेसी पृष्ठभूमि भएकीपूर्व प्रधानन्यायाधीश सुशिलाकार्कीले गर्न शुरु गरेकी छन् ।
निषेधित क्षेत्र घोषणा
सरकारले विरोध कार्यक्रमलाई पनिव्यवस्थितगर्न उपत्यकाकाविभिन्नखुल्ला ठाँउलाई निर्धारण गरेकोमाप्रतिपक्षले सरकारको कडा आलोचना गरेको छ । विगतका धेरै अनुभवले बताएका छन्—साँगुरो ठाँउमा जुलुस वाप्रदर्शन गर्नाले सरकारभन्दा बढी आयोजकलाई जनताले धिक्कारेका छन् । त्यसै त काठमाण्डौं सानो दराजमाहात्तीकोचेजस्तो भइसकेको छ । सानोमात्र ट्राफिक गडबडीले जनतालाई ज्यादै सास्तीहुने निस्चित छ । हुन त जनताको सास्ती र समस्यालाई कसले पो हेरेको छ र ? नेपालीकांग्रेस पनि बेखबर छैन—अबकाआन्दोलन सत्ता उलटफेरकालागिहुने छैनन् । दवावकालागिहुनेछन् । प्रतिपक्षले दवावदिने, सरकारकाकमजारीको उजागर गरेर आफ्नो पक्षमाजनमतबनाउन मेहनतगर्नु नितान्तस्वभाविक छ । तर त्यो काम माइतीघर मण्डलाबाट मात्र हुन्छ भन्नु चाहिं नेपालीकांग्रेसको अपरिपक्वताहो । एक फन्को जुलुस त सिंहदरवारभित्रपनिनिकाल्न सकिन्छ नि । दिने ?
कुनै समय एक अत्यन्त गरीब परिवार मागेर आफ्नो गुजारा चलाउँथ्यो । श्रीमतिले घर र बालबच्चा हेर्नु पर्ने हुनाले अक्सर श्रीमान् माग्नजान्थ्यो । एक दिन घरबाट निस्केको केही समयमा बाटोमा एक मानवखप्पर भटेछ । खप्परमा लेखिएको थियो—“ कुछ होनाबाँकी है !” उसले त्यो खप्पर घरमाल्याएर आफ्नीश्रीमतिलाई पनिथाहानदिई एउटा सन्दुकमाबन्द गरेर राख्यो । समयवित्तै गयो । एकदिनश्रीमतिले भोककामारे त्यो सन्दुक फोरी र “कुछ होनाबाँकी है” लेखिएको खप्पर ओल्ट्याई पल्ट्याई गरी । खानेकुरा नभएको थाहा पाएपछि धुलो हुने गरी फुटाईदिई । पछि उसको लोग्नेले निष्कर्ष निकाल्यो—“कुछ होनाबाकिं है” लेखेको ठिकै रहेछ । धुलो हुनबाँकी रहेछ । आफ्नै सरकारको पालाकाअत्यन्तविवादास्पदबनेकागोविन्द के सी र गंगामायाजस्तापात्रबोकेर आन्दोलनको तयारी गर्दा नेपालीकांग्रेसको हालतउल्लिखितखप्परजस्तै नहोलाभन्न सकिन्न ।



