– के बि महरा

देशमा परिवर्तन भएसंङ्गै बिकासले फड्को मार्छ भन्ने आम सर्वसाधारणहरुको बिस्वास हो जुन कतिपय अवस्थामा अंझै पूरा होलान् भन्ने कुरामा संका गर्न मिल्ने थुप्रै कारक तत्व छन् नै ।यद्यपि समय अनुसार हरेक कुराहरुमा परिवर्तनका लक्षण तथा प्रभाव देखा पर्नु स्वभाविक हो ।

समयानुकुल जनतामा धेर थोर मात्रामा हौसला ,अंझ भनौ जांगर थपिएको छ तथापी अधिकार सम्म्पन्न हुँनु आफैमा गर्वको बिषय पनि होला तर प्राप्त अधिकरहरुलाई उपयुक्त तरिकाले अपनाउन नसक्दा त्यो बाट उत्पन्न हुने परिणाम पक्कै भयानक हुनेछ र पनि स्वभाविक ठानिएला तर वास्तबमै त्यो घातक सिद्द हुनेछ ।

जब सम्म बस्तु स्थितिका बारेमा आधारभुत तहसम्मै पुगेर अध्यन गरिंदैन तवसम्म समस्या ज्युँ का त्युँ रहिरहन्छ ।

अधिकार पाउनु मात्रै उपलब्धी ठान्नु मुर्खता हो जबकी प्राप्त अधिकार उपलब्धि मुलक बनाउन सकिँदैन भने । अर्को कुरा, प्राप्त उपलब्धिहरु सहि रुपले ब्यबहारत: लागू गरिए या अर्कोतिर क्षति हुने गरि ,त्यो प्रमुख बिषय हो।

अधिकार प्राप्तिकै लागि कर्तव्य बिर्सने परिपाटी ,जुन बिकसित हुँदैछ त्यो समाजका लागि एक मन्द बीस बन्नेछ र कालान्तरमा समाज तहसनहस को अवस्था सृजना नहोला भन्न सकिन्न !

तसर्थ अधिकार संङ्गै कर्तव्य पनि नभुलौँ , संस्कार जोगाए संस्कृति स्वत: जोगिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय