म अाज पनि भन्न चाहान्छु, वर्गीय अारक्षण अाजको अावश्यकता हो।
जसरी जातीय अारक्षण बाढिदै छ त्यसले देशमा हजारौं सि•के राउतहरु जन्म गराउँछ।
हाम्रो राष्ट्रियता,अखण्डता र सार्वभौमिकतामाथि खेलवाड हुदैँछ।
जातीयतामा देशलाई बन्धक बनाएर अाम नेपालीको समृद्ध हुने सपनामाथि कुठाराघात गरिदैछ।
राष्ट्रियतामाथि सम्झौता गरेर सरकार चलाउने र भारतीय अाशिर्वादमा राजनेता कहलिने दिन गए।
अाज विश्व ध्रुवकृत हुँदै अाधुनिकरण र विश्वव्यापीकरणको चरम प्रभाव परिरहदाँ,विकसित नेपाल प्रतिस्पर्धी नेपाल निर्माण गर्ने कि नगर्ने ?
स्वरोजगार,स्वदेशी उत्पादन र विकसित नेपालका लागि पहल गर्ने कि नगर्ने ?
अादिम कालको राजनैतिक अभ्यासलाई तिलाञ्जली दिँदै नयाँ सिराबाट राजनीति अगाडि बढाउनु पर्ने जरुरी छ।
अनुत्पादक शैक्षिक प्रणालीमाथिको परिमार्जन,उदार महिलावाद (नारीवाद) कृषिमा जोड दिएर हरितक्रान्ति,सामाजिक सुरक्षा र राष्ट्रिय दायित्व अाजको राजनैतिक अावश्यकता हो।
वर्गीय रुपमा राज्यको पुनर्संरचना हुन नसक्नु गंभिर त्रुटि रहि अाएको छ।
हामीमा राजनैतिक अन्धवाद र जातीय अन्धवाद हुर्कदै छ, त्यसलाई त्यागौं ।
वर्गीय अान्दोलनको पक्षपाती हुदै,अाम नेपाली जनता र समाजलाई नयाँ दिशामा अगाडि बढाउन जरुरी छ।
हजार मुर्खहरुलाई उफारेर गफत राजनैतिक चिन्तनको स्थापित गर्ने होइन कि सय विद्वानलाई साथ लिएर विकसित नेपाल समृद्ध नेपाल बनाउने हाम्रो सोच छ।
वर्गीय अान्दोलनलाई सशक्त बनाउदै,समृद्ध नेपाल निर्माण गर्नका निम्ति सबैलाई एकत्रित गर्दैछु र जातीय अान्दोलनको विरोधमा नेपाली समाजलाई विकसित गराउदै छु।



