प्रकाश योगि -मलेसिया होइन यो हाम्रो कस्तो देश हो ? यहाँ कानून छैन की क्या हो ? मलाइ अचम्म लाग्यो र तपाइले एउटा कुरा थाहा पाउनु भयो भने तपाइ पनि अचम्ममा पर्नु हुन्छ । मानिसिक सन्तुलन ठिक नभएका एकजना नेपालीलाई मलेसिया पठाईएको छ । जसलाई उपचारको खाँचो थियो र रहेको छ । शिव कुमार थापा सोति नाम गरेका एक नेपाली मलेसिया त आइपुगेकाछन् तर उनि कसरी यहाँ आइपुगे भन्ने म अचम्मित छु । फागुण २ गते सोमबार मलेसियाको एयरर्पोटमा आइपुगेका उनलाई मलेसियाको एजेन्टले त कम्पनी सम्म पुर्यायो तर उनी मानसिक सन्तुलन गुमाएर काम गर्न सक्ने अवस्थामा रहेनछ । उनलाई कहाँ आए ? के गर्न आए ? कसरी आए ? कहाँ छु ? केहि थाहा छैन । हामी उनको उपचारको कोशिस गरिरहेका छौ । प्रोमिनेन्ट इम्पोलोमेन्ट प्रा.लीबाट आएका उनको स्वास्थ्यउ जाँच कसरी भयो ? र कस्ले गर्यो यस बिषयमा छानबिन हुनुपर्छ । उनलाइ पठाउने म्यानपावरको बिषयमा पनि प्रश्न उठेको छ । यसमा कस्कस्को संलग्नता छ कार्वाही हुनुपर्छ । हाल यि ब्याक्तिको उपचार मलेसियाका एक व्यापारी नवीन खड्काले यि ब्याक्तिलाइ सहयोग गरिरहेकाछन् । उनको सहयोग नहुने हो भने यि ब्याक्तिको के होला हालत ? जताततै कुद्ने भएकाले दूर्घटना हुने भयले हाल थापालाई बाँधेर राखिएको छ । उनलाइ नेपाल फर्काउनका लागि कोसिस भइरहेको छ । यस्तो ब्याक्तिलाई यहाँ पठाउने र यसमा संलग्नलाइ कार्वाही गर्न सरोकारवालाहरुसंग म माग गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय