Tag Archives: #कोरोना

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘बिहीबारदेखि लागू हुने गरी

झापामा मस्जिद तथा मदरसा अनुगमन तीव्र पारिँदै

(पार्थ मण्डल) भद्रपुर । प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्के मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मुस्लिम आयोगले झापासहित देशभरका मस्जिद तथा मदरसा अनुगमनलाई तीव्रता दिएको छ। मस्जिद तथा मदरसामा बसेका वा फसेका उनीहरूको अवस्था बुझ्न मुस्लिम आयोगले हरेक जिल्लामा अनुगमन समिति गठन गरेका छ। सोही क्रममा जिल्ला अनुगमन समिति झापाले

एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकमा उनले स्वास्थ्य सामग्री र किट व्यवस्थापन भएकाले पिसीआर परीक्षणको दायरालाई अभियानकै रुपमा अघि बढाउन लागिएको

बेलायतमा कोरोनाको संक्रमणबाट ६० नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन्

गायक हिमाल सागर अमेरिकामा अलपत्र, सरकारसँग गरे यस्तो अनुरोध

लन्डन । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर कोरोनाभाइरस (कोभिड १९ ) को महामारीका कारण विगत ७० दिनदेखि अमेरिकामै अलपत्र परेका छन् । लगभग २० दिनका लागि समय छुट्टयाएर पाँचौं पटक अमेरिका पुगेका गायक हिमाल सागर कहिले नेपाल फर्किन पाउने हुन् अझै निश्चित छैन । उनी भन्छन् ‘ कैदीको जस्तो जीवन भएको छ, न

थपिए १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एक पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या १२१ पूग्यो

सप्तरी, २९ बैशाख । सप्तरीका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सप्तरी डाक्नेश्वरीका १८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनी सप्तरी, डाक्नेश्वरी नगरपालिका– ३ निवासी

१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय २० पुग्यो

नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपीलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका गरि १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै

कोरोनाबाट बेलायतमा अर्का भूपू गोर्खा सैनिकको ज्यान गयो

काठमाण्डौ – कोरोना सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार ज्यान गएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा